बिहीबार, असार ४, २०८३

जंगली च्याउ खाँदा दुई जनाको मृत्यु

चम्पादेवी गाउँपालिका-७ फूलबारीमा जंगली च्याउ खाँदा मंगलबार एकै परिवारका दुई जनाको मृत्यु भएको छ।
 |  बुधबार, असार १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १, २०७९
National life
Shivam cement

ओखलढुंगा- चम्पादेवी गाउँपालिका-७ फूलबारीमा जंगली च्याउ खाँदा मंगलबार एकै परिवारका दुई जनाको मृत्यु भएको छ।

अन्य दुई जनाको अवस्था गम्भीर छ। मृत्यु हुनेमा ९३ वर्षीया मनमाया विष्ट र २४ वर्षीया ढककुमारी लामिछाने रहेका छन्। प्रहरीका अनुसार ढककुमारीको ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा उपचारका क्रममा मृत्यु भएको हो।

गम्भीर रहेका थप तीन जना ढककुमारीका श्रीमान् २७ वर्षीय राजन विष्ट, हजुरआमा मनमाया विष्ट र ढककुमारीकी तीन वर्षीया छोरी सरिस्मा विष्टलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट शिक्षण अस्पताल काठमाडौं लगिएको थियो। मनमायाको शिक्षण अस्पतालमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 15, 2022| 07:25 बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।