मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • संसद् बैठक ११ बजे : विनियोजन विधेयकमाथि उठेका प्रश्नको ११ मन्त्रीले जवाफ दिने

संसद् बैठक ११ बजे : विनियोजन विधेयकमाथि उठेका प्रश्नको ११ मन्त्रीले जवाफ दिने

प्रतिनिधि सभा बैठक आज पनि बस्ने भएको छ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेछ।
 |  बुधबार, असार १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १, २०७९

काठमाडौं- प्रतिनिधि सभा बैठक आज पनि बस्ने भएको छ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेछ।

बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ। 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, शहरी विकास मन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री, अर्थ मन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, ऊर्जामन्त्री, जलस्रोत तथा सिंचाई मन्त्री, सञ्चार तथा सूचना प्रविधि मन्त्री, गृह मन्त्रीले सांसदहरूले उठाएका प्रश्नमा जवाफ दिने कार्यसूची रहेको छ।

यस्तै सांसद प्रेम सुवाद, दुर्गा पौडेल, शिवमाया तुम्वाहाङफे, जगतबहादुर सुनार, घनश्याम खतिवडा, गोकर्ण विष्ट, जुली कुमारी महतो, आशा कुमारी बिक, नरबहादुर धामी, भानुभक्त ढाकाल, वसन्त कुमार नेम्वाङ, पद्यमा आर्याल, बिमला बिक, लालबाबु पण्डित, गोकुल बास्कोटा, यज्ञराज सुनुवार, सूर्य पाठक, भीम रावल, नवराज शिलवाल, दीपक प्रकाश भट्ट, खगराज अधिकारी, कृष्णभक्त पोखरेल, शेरबहादुर तामाङले राखेको खर्च कटौतीको प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। 

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७९, आर्थिक विधेयक २०७९, आर्थिक विधेयक, २०७९ माथि दफावार छलफलको लागि दिन तोकिने, राष्ट्र ऋण उठाउने विधेयक २०७९ र ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने  प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जवनाएको छ।

प्रकाशित: Jun 15, 2022| 06:39 बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...