मोरङ- श्री माध्यमिक विद्यालयका २२ जना विद्यार्थी बिरामी परेका छन् । मोरङ लेटाङको जाँतेस्थित जनता माविमा ल्याएको पानी पिउँदा त्यस विद्यालयमा अध्ययनरत विद्यार्थी बिरामी भएका हुन् ।
दुई विद्यार्थी गम्भीर विरामी परेपनि उनीहरुको उपचारका लागि विरानटर पठाइएको छ। विद्यालयमा अरु २० विद्यार्थीको पनि टाउको दुख्ने, पेट दुख्ने, झाडा बान्ता हुन थालेपछि उनीहरुको पनि स्वास्थ्य उपचारका लागि अस्पताल पठाइएको छ ।
मोरङका प्रहरी उपरीक्षक अर्जुन कुमार बिसीले दिएको जानकारी अनुसार पानीमा विष मिसिएकाले विषयुक्त पानी सेवन गरेका विद्यार्थी बिरामी भएका हुनु ।
विद्यालयको पानी ट्याङ्कीसम्म कसरी विष फैलियो भन्ने विषयमा अनुसन्धान शुरु गरेको एसपी बिसीले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४