मंगलबार, साउन २६, २०८३

संघ र प्रदेश निर्वाचन मंसिर पहिलो साता गर्न आयोगको तयारी

निर्वाचन आयोगले आगामी मंसिर पहिलो सातासम्म संघीय र प्रादेशिक निर्वाचन गर्नका लागि तयारी सुरु गरेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आसन्न संघीय र प्रादेशिक निर्वाचन आगामी मंसिर पहिलो सातासम्म गर्ने गरी आन्तरिक तयारी सुरु गरिएको जानकारी दिए।
 |  मंगलबार, जेठ ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३१, २०७९

काठमाडौं- निर्वाचन आयोगले आगामी मंसिर पहिलो सातासम्म संघीय र प्रादेशिक निर्वाचन गर्नका लागि तयारी सुरु गरेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आसन्न संघीय र प्रादेशिक निर्वाचन आगामी मंसिर पहिलो सातासम्म गर्ने गरी आन्तरिक तयारी सुरु गरिएको जानकारी दिए। 

आयोगको कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले एकै चरणमा निर्वाचन गर्दा मंसिरको पहिलो सातासम्म निर्वाचन गर्ने गरी आन्तरिक तयारी गरिएको पनि बताए। 

आयोगले सरकारलाई निर्वाचन कानुनबमोजिम दिएको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने भएकोले आयोगले आन्तरिक तयारी गरिरहेको प्रवक्ता पौडेलको भनाइ थियो। 

उनले भने, 'आन्तरिक र अनौपचारिक छलफलमा अहिले पनि आयोग एकै चरणमा निर्वाचन हुनुपर्छ भन्नेमा नै छ। एकै चरणमा निर्वाचन गर्दा मंसिरको पहिलो सातासम्म गर्ने गरी आन्तरिक तयारी गरेको छ।'

यस विषयमा सरकारसँग पनि परामर्श भइरहेको उनले जानकारी दिए। शर्माले आसन्‍न निर्वाचनलाई मध्यनजर गरी असार १ गतेदेखि मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्यक्रम सुरु गरिने पनि जानकारी दिए। 

सबै निर्वाचन कार्यालयहरु र सबै जिल्ला प्रशासन कार्यालय तथा ७३ वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्यक्रम सुरु गरिने उनले बताए। 

आयोगले हाल अस्थायी बसोवास गरिरहेकै जिल्लाको निर्वाचन कार्यालयमा गएर मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ।  प्रवक्ता शर्माका अनुसार मतदाताले नामावलीमा रहेको नाम, ठेगाना, जन्ममिति लगायतका विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा आवश्यक निर्णय गरी त्रुटि सच्याउन सक्नेछन्।

प्रकाशित: Jun 14, 2022| 19:46 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...