मंगलबार, साउन २६, २०८३

अमेरिकासँग नेपालले कुनै सैन्य गठबन्धन गर्दैन : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा. नारायण खड्काले अहिलेको सरकारले अमेरिकासँग कुनै पनि सैन्य गठबन्धन नगर्ने बताएका छन्।
 |  मंगलबार, जेठ ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३१, २०७९

काठमाडौं– परराष्ट्रमन्त्री डा. नारायण खड्काले अहिलेको सरकारले अमेरिकासँग कुनै पनि सैन्य गठबन्धन नगर्ने बताएका छन्। प्रतिनिधिसभामा मंगलबार सांसदहरुले उठाएका प्रश्‍नको जवाफ दिने क्रममा उनले अहिलेको राष्ट्रवादी सरकारले कुनै पनि मुलुकसँग सैन्य गठबन्धन नगर्ने बताएका हुन्। 

उनले भने, ‘नेपाल सैन्य गठबन्धनमा फस्‍न लाग्‍यो भन्‍ने कुरा निराधार छ। नेपाली कांग्रेस नेतृत्वको यो सरकार स्वाभिमानी, राष्ट्रवादी र देशभक्ति छ। विगतका वर्षहरुमा यस्ता खालका विषयहरु उठे होलान्। म पूर्ण विश्‍वासका साथ नेपाल कुनै पनि सैन्य गठबन्धनमा जाँदैन भन्‍ने कुरा आग्रह गर्न चाहन्छु। हामीले सैन्य गठबन्धन किन गर्ने? हल्लाको आधारमा नजाऔं। सरकारले परराष्ट्र नीतिका विभिन्‍न आयामहरुलाई स्क्यान गरेर परराष्ट्र मन्त्रालय अघि बढिरहेको छ।’

अहिले बाहिरिएको स्टेट पार्टनरसिप प्रोग्रामका विषयमा उनले यो मानवीय सहायता, विपद् व्यवस्थापन र सांस्कृतिक(सामाजिक विकासका कुरामा सहकार्य गर्ने कुरा रहेको बताए। उनले भने, ‘यो कुनै सन्धी, गठबन्धन अथवा कुनै राष्ट्रहितविरुद्धको सम्झौता होइन।’ 

उनले विगतमा पनि प्रधानसेनापतिको भ्रमण भएकोले त्यही अनुसार अहिले प्रधानसेनापतिको अमेरिका भ्रमण हुन लागेको र त्यस भ्रमणका क्रममा कुनै गलत सम्झौता नहुने पनि बताएका छन्। अहिलेको परराष्ट्र नीति सन्तुलित रहेको पनि उनले बताएका छन्।

उनले देशको स्वार्थ सबैभन्दा ठूलो कुरा भएको पनि स्पष्ट पारे। उनले भने, ‘अहिलेको सरकार कहीँ पनि ढल्केको छैन। देशको स्वार्थलाई केन्द्रमा राखेर विगतमा कतै ढल्किएको देखिएको अवस्थालाई पनि ट्र्याकमा ल्याउने काम भइरहेको छ।’ बीआरआई पनि अनुदानमा नै प्राप्त होस् भन्‍ने किसिमले कुराहरु भइरहेको उनले बताए।

प्रकाशित: Jun 14, 2022| 17:12 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...