मंगलबार, साउन २६, २०८३

एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ।
 |  मंगलबार, जेठ ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३१, २०७९

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ। 

बजेट बनाउँदा बाहिरी मानिसले राजश्वको दर हेरफेर गरेको पाइएको भन्दै नेकपा एमालेका सांसदहरूले त्यसबारे सत्यतथ्य छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै बैठकमा विरोध गरेका थिए।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताए। यस्तै अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने उनको भनाइ थियो।

यसपछि सभामुख अग्निप्रसाद सापकोटाले असार १ गते बिहान ११ बजेसम्मका लागि संसद बैठक स्थगित गरेका छन्।

प्रकाशित: Jun 14, 2022| 17:06 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...