मंगलबार, साउन २६, २०८३

जिसस मोरङमा एमालेको प्यानलै विजयी

जिसस प्रमुखमा एमालेका अजम्बर राई, उप–प्रमुखमा एमालेकै उषा झा विजयी भएका हुन्।
 |  मंगलबार, जेठ ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३१, २०७९

विराटनगर– जिल्ला समन्वय समिति मोरङमा एमालेको प्यानल नै विजयी भएको छ। जिसस प्रमुखमा एमालेका अजम्बर राई, उप–प्रमुखमा एमालेकै उषा झा विजयी भएका हुन्। दुवै जनाले २१–२१ मत ल्याए।

प्रमुख पदमा उम्मेदवारी दिएका कांग्रेसका जितेन्द्र अग्रवालले १३ र उप–प्रमुखमा कांग्रेसकै निलमकुमारी सरदारले १३ मत ल्याए। 

महिला सदस्यमा एमालेकै उमा नेपाली, उर्वसीकुमारी थारु, हरिमाया विश्वकर्मा, तुलसीप्रसाद घिमिरे, देवमणि कटुवाल र मित्रप्रसाद ढकाल विजयी भएको मुख्य निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिए।

सदस्यमा निर्वाचित नेपालीले २३, घिमिरे र ढकालले २२–२२ मत ल्याएका हुन्। अन्यले २१–२१ मत ल्याए।

जिसस निर्वाचनमा एमालेका २१, कांग्रेसका १२ र माओवादी केन्द्रको एक मतदाता थिए। यसअघि  जिसस मोरङको प्रमुखमा एमालेका नरेशप्रसाद पोखरेल निर्वाचित भएका थिए।

प्रकाशित: Jun 14, 2022| 14:53 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...