सोमबार, असार ८, २०८३

एसपीपीको नाममा कुनै सम्झौताको प्रस्ताव आएको छैन : नेपाली सेना

एसपीपीको नाममा आजसम्म कुनै पनि सम्झौताको प्रस्ताव नआएको र कुनै प्रकारको प्रस्तावको मस्यौदा पनि प्राप्त नभएको नेपाली सेनाले बताएको छ।
 |  मंगलबार, जेठ ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३१, २०७९

काठमाडौं– एसपीपीको नाममा आजसम्म कुनै पनि सम्झौताको प्रस्ताव नआएको र कुनै प्रकारको प्रस्तावको मस्यौदा पनि प्राप्त नभएको नेपाली सेनाले बताएको छ।

National life

सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले नेपाल सरकार र अमेरिकाको उटाह राज्यको राष्ट्रिय पहरेदार (नेशनल गार्ड) बीच राज्यस्तरीय सहकार्य कार्यक्रम (एसपीपी) मा हस्ताक्षर गर्नको लागि अमेरिकाले प्रस्ताव गरेको कुरा अस्वीकार गरे।

सिलवालले नेपाल समयसँग भने, ‘हामीलाई त्यस्तो कुनै प्रस्ताव आएको छैन, न त प्रस्तावको मस्यौदा नै आएको छ।’ 

प्रधानसेनापति प्रभुराम शर्मा र प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका भ्रमणमा जाने तय भएसँगै यो विषय चर्चामा आएको हो। एसपीपी कार्यक्रमलाई लिएर सत्तारुढ दल माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष एमालेले संसदमा प्रश्न उठाउनुका साथै विरोध गर्दै आएका छन्। 

अमेरिकाले सन् २०१५ मै नेपाललाई एसपीसी कार्यक्रममा सहभागी हुन आग्रह गरेसँगै साझेदारीका लागि १० बुँदे प्रस्तावसमेत गरेको बताइएको छ। उक्त प्रस्तावमा सम्झौता नेपालको रक्षा मन्त्रालय र अमेरिकाको रक्षा मन्त्रालयमार्फत हुने उल्लेख गरिएको छ। 

Shivam cement

सार्वभौमिकता र संयुक्त राष्ट्रसंघको बडापत्रका उद्देश्यसँगै अन्य अन्तर्राष्ट्रिय सहमतिबाट उत्पन्न पक्षहरूका दायित्वको पूर्ण सम्मानमा सहकार्य आधारित रहने एसपीपीमा उल्लेख छ। यस सहकार्यले नेपाली सेनाको संस्थागत तथा प्राविधिक क्षमताको सबलीकरणमा योगदान दिने अमेरिकी पक्षको दाबी छ।

अन्तर्राष्ट्रिय शान्ति तथा स्थायित्वमा योगदान दिन एवं रक्षा र सुरक्षाजस्ता विषयमा साझेदारी सबलीकरण गर्न आपसी सहकार्यलाई वृद्धि गर्नुपर्ने आवश्यकता प्रस्तावित सहमति पत्रमा उल्लेख छ। 

प्रकाशित: Jun 14, 2022| 12:13 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...