मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • पूर्वअर्थमन्त्री पाण्डेको प्रश्न– अर्थमन्त्री अझै पदमा बस्न लायक हुनुहुन्छ?

पूर्वअर्थमन्त्री पाण्डेको प्रश्न– अर्थमन्त्री अझै पदमा बस्न लायक हुनुहुन्छ?

नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका सम्बन्धमा अनधिकृत मान्छेसँग साँठगाँठ गरेको भन्दै आपत्ति जनाएका छन्।
 |  मंगलबार, जेठ ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३१, २०७९

काठमाडौं– नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका सम्बन्धमा अनधिकृत मान्छेसँग साँठगाँठ गरेको भन्दै आपत्ति जनाएका छन्।

एमाले संसदीय दलको तर्फबाट सोमबार प्रतिनिधिसभामा गम्भीरतापूर्वक प्रश्न उठाउँदासमेत अर्थमन्त्रीले यसबारेमा कुनै जानकारी नदिनु आपत्तिजनक विषय भएको बताए। 

मंगलबार प्रतिनिधिसभाको बैठकमा पाण्डेले भने, ‘करका दर तलमाथि भएको विषयमा एमालेले बजेटको छलफलकै क्रममा आफ्नो धारणा राखिसकेको छ। यसको जवाफ अर्थमन्त्रीले संसद्मै दिनुपर्थ्यो। तर, त्यस्तो भएन।’

बजेट संसदमा प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन अर्थ मन्त्रालयका कर्मचारी बाहेक कसैलाई त्यहाँ प्रवेश गर्न नदिइनेमा अर्थमन्त्रीले राति अनधिकृत मान्छेलाई मन्त्रालयमा बोलाएको उनले बताए।

‘करका दरमाथि छलफल चलिरहेको समयमा मन्त्रीबाहेक कसैलाई टेलिफोन राख्नेसमेत अथोरिटी दिइँदैन। सचिवदेखि सबै कर्मचारीको टेलिफोन दराजमा लक गरेर छलफलमा बस्ने प्रचलन रहँदै आएको छ। तर, एउटा व्यक्तिले मध्य रातमा अपरिचित व्यक्तिलाई अर्थ मन्त्रालयमा डाकेर मन्त्रालयका सचिवसहितलाई करका विज्ञ उहाँ हुनुहुन्छ, उहाँले भनेअनुसार गर्नु भनेर अर्थमन्त्रीले निर्देशन दिनु कत्तिको जायज कुरा हो? उनले प्रश्न गरे।

‘यस्ता गतिविधि गर्ने अर्थमन्त्री पदमा बस्न कत्तिको जायज हुन्छ? प्रधानमन्त्रीले यसको जवाफदेहिता लिनुपर्छ कि पर्दैन? पाण्डेले भने।


प्रकाशित: Jun 14, 2022| 11:38 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...