बिहीबार, वैशाख २०, २०८१

देउवालाई दोष दिँदै वाम एकताको कसरत!

नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका केही नेताहरुले देउवा नेतृत्वको सरकार चीनविरोधी भएको आरोप लगाउँदै मुलुकमा वाम एकताका लागि जोडबल गरिरहेका छन्।
 |  सोमबार, जेठ ३०, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

सोमबार, जेठ ३०, २०७९

काठमाडौं- स्थानीय निर्वाचनको नतिजासँगै संघ र प्रदेश निर्वाचनको चर्चा सुरु भयो। यससँगै अहिलेको गठबन्धन भत्किने र नयाँ गठबन्धन बन्‍ने विषयमा पनि बहसहरु हुन थालेका छन्। विशेषगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले 'कांग्रेसलाई ठेगान लगाइदिने' अभिव्यक्ति दिएपछि वाम गठबन्धन र एकताको बहस बढ्दै गएको हो। 

triton college

नेपालको संसद्‌ले अमेरिकी सहयोग परियोजना एमसीसी बहुमतले पारित गरेसँगै त्यसको विपक्षमा उभिएका नेताहरुले वाम गठबन्धन र एकतामा जोड गरिरहेका छन्। उनीहरुले चीनद्वारा नेपाली भूमि अतिक्रमणबारे छानबिन समिति गठन, एमसीसीपछि अमेरिकी प्रतिनिधिहरुको बाक्लिएको नेपाल भ्रमण, बीआरआई कार्यक्रमप्रति सरकारको मौनता, चीनको राजदूत नियुक्तिमा भएको ढिलाइ, रुस-युक्रेन युद्धमा नेपालले युक्रेनको पक्षमा दिएको अभिव्यक्तिलगायतले प्रधानमन्त्री देउवा नेतृत्वको सरकार 'पश्‍चिमापरस्त' भएको आरोप लगाउँदै वाम एकताको आवश्यकता रहेको तर्क गर्ने गरेका छन्। 

जेठ ६ गते भएको अमेरिकी उपविदेशमन्त्री उज्रा जियाको नेपाल भ्रमणका क्रममा तिब्बती शरणार्थीहरुसँग गरेको भेटप्रति चीन सशंकित भएको वाम एकताको पहल गरिरहेका नेताहरुले बताउने गरेका छन्। उनीहरुले देउवा सरकारले 'एक चीन नीति' लाई उल्लंघन गरेको आरोपसमेत लगाएका छन्। जेठ २६ गते अमेरिकी सेनाका इण्डो-प्यासिफिक कमाण्डका कमाण्डिङ जनरल चार्ल्स फ्लिनको नेपाल भ्रमण र नेपाली सेनाका प्रधानसेनापतिको अमेरिका भ्रमणबारे पनि उनीहरुले आशंका व्यक्त गरिरहेका छन्। 

यही समयमा हुन लागेको प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणप्रति पनि वाम गठबन्धन तथा एकताका पक्षधर नेताहरु सशंकित बनेका हुन्। तत्कालीन नेकपा तीन पार्टीमा विभाजित भएपछि बनेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका केही नेताहरुले वाम गठबन्धन र एकताको पक्षमा लबिङ गरिरहेका छन्। 

नेकपा एमालेबाट घनश्याम भूसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, वर्षमान पुन र नेकपा एकीकृत समाजवादीबाट झलनाथ खनाल, बेदुराम भुसाललगायतका नेताहरुले वाम एकताका लागि जोडबल गरिरहेका छन्। नेकपा एमालेकै नेता भीम रावलले अहिलेको सरकारले 'असंलग्‍न परराष्ट्र नीति' उल्लंघन गर्दै अमेरिकाको पक्ष लिएको र आसन्‍न प्रधानसेनापति शर्मा र प्रधानमन्त्री देउवाको भ्रमणप्रति चर्को विरोध गरेका छन्।

corrent noodles
Metro Mart
चीनद्वारा नेपाली भूमि अतिक्रमणबारे छानबिन समिति गठन, एमसीसीपछि अमेरिकी प्रतिनिधिहरुको बाक्लिएको नेपाल भ्रमण, बीआरआई कार्यक्रमप्रति सरकारको मौनता, चीनको राजदूत नियुक्तिमा भएको ढिलाइ, रुस-युक्रेन युद्धमा नेपालले युक्रेनको पक्षमा दिएको अभिव्यक्तिलगायतले प्रधानमन्त्री देउवा नेतृत्वको सरकार 'पश्‍चिमापरस्त' भएको आरोप लगाउँदै वाम एकताको आवश्यकता रहेको तर्क गर्ने गरेका छन्। 

रावलले यसअघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पनि नेपालको 'परराष्ट्र नीति' विपरीतको काम गरेको भन्दै विरोध गरेका थिए। अमेरिकी सहयोग परियोजना एमसीसीको सुरुदेखि नै कट्टर आलोचक रावलले एमसीसीपछि नेपाल अमेरिकी सैन्य छातामा प्रवेश गरेको आरोपसमेत लगाउने गरेका छन्। चीनले पनि एमसीसी पारित नगर्न खुलेरै आग्रह गरेको थियो। 

तत्कालीन नेकपाको एकता जोगाउन निकै मिहनत गरेको चीन अहिले शान्तजस्तो देखिएको छ। स्थानीय निर्वाचनअघि नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, नेकपा माओवादीका नेता वर्षमान पुन र देव गुरुङले चीन भ्रमण गरेपछि नै वाम एकताको कुरा सतहमा आएको थियो। तर, स्थानीय निर्वाचन मुखमै आइसकेका कारण एकताको कुरा टरेको थियो। 

स्थानीय निर्वाचन सम्पन्‍न भएसँगै चिनियाँ प्रतिनिधिहरुसँग माओवादी र नेकपा एमालेका नेताहरुको संवाद सुरु भएको स्रोतले दाबी गरेको छ। स्रोतका अनुसार उक्त संवादपछि नै दुबै पार्टीका नेताहरुले एकताका लागि पहल थालेका हुन्। वाम एकताको चर्चा चलिरहेको समयमा नै सोमबार माओवादी केन्द्रका नेता श्रेष्ठ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएपछि राजनीति थप तरंगित बनेको हो। माओवादीले एमसीसीको पक्षमा मतदान गरे पनि श्रेष्ठले भने चर्को विरोध गरेका थिए। त्यस समय श्रेष्ठ र अध्यक्ष प्रचण्डबीचको टकराव पनि सतहमा आएको थियो। श्रेष्ठले पार्टी विभाजन गरेर जानसक्ने अवस्था नभएको र स्थानीय निर्वाचन मुखैमा आएकोले यो कुरा यतिकै सेलाएको थियो। 

प्रचण्डको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका श्रेष्ठले सोमबार ओलीसँग गरेको भेटले माओवादीमा अर्कै मोड लिएको छ। अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको चर्चा चले पनि श्रेष्ठ र ओलीबीचको भेटपछि भने प्रचण्डले अर्थमन्त्रीलाई 'ब्याक' गराउने कुनै तयारी नभएको प्रष्टिकरण दिएका थिए। 

उनले देउवा सरकारले चीनविरुद्ध नेपालको भूमि प्रयोग हुन दिएको, अमेरिकी सामरिक गतिविधिमा सामेल भएको र त्यसको साक्षी प्रचण्ड बसेको भन्दै आक्रोश पनि व्यक्त गरेको माओवादीकै नेताहरु बताउँछन्। श्रेष्ठले सोमबारको ओलीसँगको भेटबारे पत्रकारको जिज्ञासामा भने, 'म वाम गठबन्धनभन्दा पनि निम्तिँदै गरेको भूराजनीतिक संकटबारे छलफल गर्न बालकोट पुगेको थिएँ।'

उनले प्रमुख राजनीतिक दलका नेतासँगको भेटलाई स्वभाविक मान्‍नपर्ने उल्लेख गर्दै थपे, ‘एउटा प्रमुख दलको नेतासँग भेट्नु स्वाभाविकै हो। अहिलेको समसामयिक राजनीति र विशेषगरी भूराजनीतिक विषयमा केन्द्रित भएर कुराकानी गरेका हौँ।’

यसअघि संसद्‌मा पनि श्रेष्ठले ओलीकै बोलीमा लोली मिलाएका थिए। उनीहरुले भनेका थिए, 'नेपालको परराष्ट्र नीतिविपरीत गठबन्धन सरकारले चीनविरोधीहरूलाई चलखेल गर्न दिएको छ। बीआरआईको विषय अघि बढाउन अहिलेको सरकारलाई केले रोकेको छ?'

यता प्रतिनिधि सभामा ओलीले भूराजनीतिक विषयमा सरकार संवेदनशील नभएको आरोप लगाइरहँदा राष्ट्रिय सभामा श्रेष्ठले पनि सरकारले चीनविरोधी गतिविधिहरु गर्न 'अमेरिकालाई मैदान उपलब्ध गराएको' भन्दै विरोध गरेका थिए। 

कांग्रेसलाई ०७४ को सरप्राइज दोहोर्‍याउने रणनीति हो? 

०७४ को स्थानीय निर्वाचनमा कांग्रेसँग गठबन्धन गरिरहेको नेकपा माओवादी केन्द्रले एकाएक संघ र प्रदेश निर्वाचनमा एमालेसँग गठबन्धन गरेर सरप्राइज दिएको थियो। अहिले पनि स्थानीय निर्वाचनमा कांग्रेससँग गठबन्धन गरिरहेको माओवादीले त्यही रणनीति दोहोर्‍याउने त होइन भन्‍ने स्वभाविक प्रश्‍न उब्जिएको छ। बाहिर ओलीसहितको वामपन्थी एकता सम्भव नभएको अभिव्यक्ति दिने माधव नेपाललाई पनि माओवादी नेता श्रेष्ठले भेट गरेका छन्। श्रेष्ठले ओली र नेपालबीच सेतुको काम गरिरहेको देखिन्छ। 

एमालेले अहिलेको गठबन्धन भत्काउन हजारौं प्रयत्‍नहरु गरिरहेको छ। तर, अब वाम एकताको कुनै सम्भावना छैन। कोही नेताहरुले आफ्नो जित नदेखपछि वाम एकताको कुरा गरिरहेका देखिन्छन्। उहाँहरुलाई शुभकामना। सत्य के हो भने अहिलेकै अवस्थामा ओली प्रवृति जीवित रहँदासम्म वाम एकता सम्भव छैन।

एमाले नेताहरु सुरेन्द्र पाण्डे र प्रदीप ज्ञवाली पनि माओवादी नेताहरुसँगको भेटवार्तमा व्यस्त देखिन्छन्। यही जेठ २८ गते एमाले उपमहासचिव प्रदीप ज्ञवाली र माओवादी केन्द्रका नेता वर्षमान पुनबीच खुमलटारमा भएको भेटको मुख्य एजेण्डा नै वाम गठबन्धन रहेको पुन निकट नेताहरु बताउँछन्। अमेरिकी उपविदेशमन्त्रीको नेपाल भ्रमणको एकदिन अघि जेठ ५ मा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले ऊर्जामन्त्री समेत रहेकी माओवादी केन्द्रकी नेता पम्फा भूसालसँग भेट गरेका थिए। सिंहदरबारस्थित मन्त्री भूसालको कार्यकक्षमा भएको भेट पनि 'वाम गठबन्धनको अपरिहार्यता'बारे उक्त भेटघाटमा छलफल माओवादी नेताहरुकै भनाइ छ। 

फेरि एमालेसँग एकता गर्न लागेको हो? भन्‍ने प्रश्‍नको जवाफमा माओवादीका देव गुरुङले भने, 'राष्ट्रिय स्वाधीनताको प्रश्नमा जोसँग विचार मिल्छ, हामी उहीसँग चुनावी तालमेल गरेर जान्छौँ। विगतमा एमालेले संसद विघटन गरेर प्रतिगमनतिर गएकाले कांग्रेससँग मिल्दै स्थानीय तह निर्वाचनमा जानु परेको हो।’

माओवादी नेताहरुले प्रधानमन्त्री देउवाको अमेरिकी भ्रमणका क्रममा सैन्य सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेकोप्रति आपत्ति जनाएका छन्। तर, परराष्ट्र मन्त्रालयका अधिकारीले भने देउवाको अमेरिका भ्रमणको मिति नै तय नभएकोले एजेण्डाका विषयमा अहिले छलफल नभएको प्रतिक्रिया दिएको छ। 

स्थानीय निर्वाचनमा दोस्रो दलमा खुम्चिएको एमालले संघ र प्रदेश निर्वाचनमा पनि अहिलेको सत्ता गठबन्धन जारी रहेमा सिट संख्या अझै घट्ने नेताहरुको अनुमान छ। एमालेले आफ्नो पराजयको प्रमुख कारण पाँच दलीय गठबन्धन रहेको निस्कर्ष पनि निकालेको छ। संघ र प्रदेश निर्वाचनमा पार्टीलाई थप क्षति हुन नदिन एमालेले अहिलेको गठबन्धनलाई भत्काउन हरसम्भव प्रयास गरिरहेको नेकपा एकीकृतकी सचिवसमेत रहेकी सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बताएकी छन्। 

उनले भनिन्, 'एमालेले अहिलेको गठबन्धन भत्काउन हजारौं प्रयत्‍नहरु गरिरहेको छ। तर, अब वाम एकताको कुनै सम्भावना छैन। कोही नेताहरुले आफ्नो जित नदेखपछि वाम एकताको कुरा गरिरहेका देखिन्छन्। उहाँहरुलाई शुभकामना। सत्य के हो भने अहिलेकै अवस्थामा ओली प्रवृति जीवित रहँदासम्म वाम एकता सम्भव छैन।' 

तर, पछिल्लो समय नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रप्रति एमाले अध्यक्ष सहिष्णु देखिएका छन्। यसअघि माधव नेपालसहितका १४ सांसदलाई कारबाहीको माग गर्दै आएको एमाले अहिले यस विषयमा मौन छ। यता नेकपा एसका नेता झलनाथ खनालले पनि गठबन्धनले फाइदा नगरेकोले वाम एकता नै आजको आवश्यकता भएको बताइरहेका छन्। अर्कोतर्फ 'युवा वाम समूह'ले असार १ गते वाम एकताको लागि छलफल चलाउँदै छ। जसको वक्ताका रुपमा स्वयं घनश्याम भुसाल नै सहभागी हुँदैछन्। 


प्रकाशित: Jun 13, 2022| 21:33 सोमबार, जेठ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...