बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सेनाले बम डिस्पोज गरेपछि खुल्यो पूर्व-पश्चिम राजमार्ग

सेनाले बम डिस्पोज गरेपछि खुल्यो पूर्व-पश्चिम राजमार्ग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
महोत्तरी- पूर्व-पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास नजिकै रहेको रातुपूलमा भेटिएको बम नेपाली सेनाले निष्कृय पारेको छ । फस्ट राइफल गन बर्दिवासबाट गएको सेनाको टोली बम भेटिएको करिब २ घण्टापछि निष्कृय पारेको हो ।
 
बम निष्कृय भएसंगै अवरुद्ध भएको पूर्व-पश्चिम राजमार्ग खुलेको छ । बाटो खुलेपनि जाम भने हट्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ । बाटो बन्द हुँदा करिब ७ किलोमिटर लामो लाइन लागेको थियो । 

बन्द आह्वान गरेको नेत्रविक्रम चन्द विप्लवको पार्टी नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले बम राखेको प्रहरीले आशंका गरेको छ । बम राख्ने समुहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।