मंगलबार, साउन २६, २०८३

चुनाव जित्नेलाई एमालेले दिँदैछ प्रशिक्षण, यी हुन् विषय

नेकपा एमालेले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीका तर्फबाट निर्वाचित भएकाले प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षलाई प्रशिक्षण दिने भएको छ।
 |  सोमबार, जेठ ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३०, २०७९

काठमाडौं- नेकपा एमालेले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीका तर्फबाट निर्वाचित भएकाले प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षलाई प्रशिक्षण दिने भएको छ। असार २ र ३ गते प्रशिक्षण दिने निर्णय सचिवालय बैठकले सोमबार  गरेको हो। 

सचिवालय बैठकले प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको खाकासमेत तयार पारिसकेको छ।  काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना हुने प्रशिक्षणमा  समाजवादको आधार तयार गर्ने र समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा योगदान पुर्‍याउन मद्दत पुग्ने गरी   प्रशिक्षण दिन लागिएको एमालेले जनाएको छ। 

कार्यक्रममा समग्र राष्ट्रिय राजनीतिको बारेमा पनि प्रशिक्षण दिइनेछ। प्रशिक्षणमा एमालेबाट जितेका २०५ प्रमुख तथा अध्यक्ष र २४० उपप्रमुख तथा उपाध्यक्ष सहभागी हुनेछन्। 

प्रकाशित: Jun 13, 2022| 20:05 सोमबार, जेठ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...