बिहीबार, असार ३२, २०८३

३१ लाख खर्चेर बनाएको शौचालयमा मानिसको डेरा !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- उपमहानगरपालिका हुँदै प्रदेश-२ को अस्थायी राजधानी बनेको छ, जनकपुर । राजधानी भएलगत्तै यहाँ मानिसको चाप पनि उकालो लागेको छ । तर, पर्याप्त सार्वजनिक शौचालय नहुँदा सडक किनारमै दिसा-पिसाब फेर्न बाध्य छन्, सर्वसाधारण ।

जबकि, सरकारी निकायको बेवास्ताका कारण लाखौं खर्चेर निर्माण गरिएको शौचालय प्रयोगविहीन छ । र, बासस्थानको रूपमा परिणत भएको छ । सरसफाइको काम गर्ने एउटा परिवारले शौचालयलाई बासस्थल बनाएको छ । 

जनकपुर-४ स्वर्गद्वारीनजिक करिब चार वर्षअघि सार्वजनिक शौचालय निर्माण गरिएको थियो । 

बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले डम्पिङ साइटको रूपमा प्रयोग हुँदै आएको सार्वजनिक जग्गालाई व्यवस्थापन गर्ने उद्देश्यले ३१ लाख खर्चेर सुविधासम्पन्न शौचालय निर्माण गरेको थियो । तर, चार वर्ष बित्दा पनि यसलाई प्रयोगमा ल्याइएको छैन ।

शौचालय निर्माणको ठेक्का पाएका विवेकानन्द मिश्र आफूले तोकिएकै समयमा निर्माण पूरा गरे पनि सरोकारवाला निकायले जिम्मा नलिएको बताउँछन् । सरोकारवाला निकायले ध्यान नदिँदा सुविधासम्पन्न सार्वजनिक शौचालय प्रयोगमा आउन नसकेको धनुषा निर्माण व्यवसायी संघका अध्यक्षसमेत रहेका मिश्र बताउँछन् । 

निर्माण सकेर अन्तिम बिलसमेत परिषदको कार्यालयमा बुझाइसकेको उनी बताउँछन् । उनी भन्छन्, ‘कहिले प्राविधिकको बहाना त कहिले पैसा नभएको बहानामा मलाई अल्झाइएको छ ।’

सम्झौताअनुसारको रकम कार्यालयले फस्र्योट नगरेका कारण आफूले निर्माण गरेको संरचना हस्तान्तरण गर्न नपाएको उनको भनाइ छ । कार्यालयले दायित्व नलिएकै कारण त्यो प्रयोगमा आउन नसकेको उनी बताउँछन् । 

परिषद्का कर्मचारीहरूको गैरजिम्मेवारपूर्ण रवैयाका कारण लाखौं रुपैयाँ बालुवामा पानी खन्याएजस्तो हुन पुगेको मिश्र बताउँछन् । परिषदले चासो नदिँदा आफूले गरेको खर्च पनि नपाएको उनको भनाइ छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।