मकवानपुर- नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताहरुले मकवानपुरको टिष्टुङमा एक बसमा आगजनी गरेका छन् ।
भन्सार छुटाएर काठमाडौं लैजादै गरेको स्कुल बस आगलागीबाट पूर्ण रुपमा क्षति भएको पालुङ प्रहरीले जनाएको छ। बस स्कूलको प्रयोजनका लागि ल्याइएको थियो ।
बसमा आगजनी गर्ने व्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । नेपाल बन्दको आह्वान गरेको विप्लव समुहको बन्दको प्रभाव भने मकपानपुरमा सामान्य मात्रै देखिएको छ ।
विद्यालय र क्याम्पसहरु बन्द भए पनि यातायातका साधन भने चलिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सडकमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४