महोत्तरी- महोत्तरीको बर्दिबासस्थित रातु पुलमा कुकर बम भेटिएपछि पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । बम भेटिएसंगै करिब १ घण्टादेखि पूर्व पश्चिम राजमार्ग ठप्प भएको हो ।
बिहानै भेटिएको बम अझै निष्कृय बनाउन नेपाली सेनाको टोली खटिएको प्रहरीले जनाएको छ । नेपाल बन्दको आह्वान गरेको नेत्रविक्रम चन्दको समुहले बम राखेको हुनसक्ने प्रहरीको आशंका छ । बम राख्ने व्यक्तिको खोजी कार्य पनि सुरु भएको प्रहरीले बताएको छ ।
२४ सैं घण्टा व्यस्त रहने यो सडक अवरुद्ध हुँदा करिब ५-७ किलोमिटर परसम्म गाडीको लाइन लागेको छ भने यात्रुहरु अलपत्र परेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४