बिहीबार, साउन २१, २०८३

कोटेश्वरमा मिनी ट्रकको ठक्करबाट महिलाको मृत्यु

काठमाडौंको कोटेश्वरमा गए राति मिनी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ।
 |  सोमबार, जेठ ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३०, २०७९

काठमाडौं- काठमाडौंको कोटेश्वरमा गए राति मिनी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा पाँचथरको मिक्लाजुङ गाँउपालिका-५ घर भई हाल काठमाडौंको काडाँघारी बस्ने अन्दाजी ३४ वर्षीया सम्झना राई रहेकी छन्।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी राईको महाराजगंज स्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा राति सवा १० बजे मृत्यु भएको हो ।

कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको ना५ख २८१९ नम्बरको मिनी ट्रकले सोही दिशातर्फ जाँदै गरेको बा७१प ३०५४ नम्बरको मोटरसाइकललाई गए राती पौने १० बजे ठक्कर दिएको थियो।

दुवै सवारी साधन र चालकलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Jun 13, 2022| 11:15 सोमबार, जेठ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।