बिहीबार, असार ४, २०८३

आईजीपी बढुवा विवाद मुद्दामा सुनुवाइ हुँदै

कायममुकायम प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा पेसी परेको छ।
 |  सोमबार, जेठ ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३०, २०७९

काठमाडौं- प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवाद मुद्दामा  सर्वोच्च अदालतमा सोमबार सुनुवाइ हुँदै छ। कायममुकायम प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा पेसी परेको छ।

National life

धिरजप्रताप सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाई सुरु भएकोमा आजका लागि पेसी तोकिएको थियो।

एआईजी विश्वराज पोखरेलले सरकारको निर्णयविरुद्ध रिट निवेदन दायर गरेका हुन्। वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए। १९ साउनमा उमेर हदका कारण एआईजी पोखरेलले अवकाश पाउँदै छन्।

रिट निवेदक पोखरेल र प्रहरी महानिरीक्षक सिंह ११ चैत २०४९ प्रहरीमा सेवा प्रवेश गरेका हुन्। उनीहरु विभिन्न तहको बढुवामा अघिपछि हुँदै आएका थिए।

प्रहरी नियमावली अनुसार कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्ने सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यको आधारमा सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महनिरीक्षक पदमा बढुवा गर्ने व्यवस्था छ। 

Shivam cement


प्रकाशित: Jun 13, 2022| 10:39 सोमबार, जेठ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।