बिहीबार, असार ३२, २०८३

विप्लव समुहको नेपाल बन्द प्रभावहिन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्द प्रभावहिन बनेको छ । केहि पहाड क्षेत्रमा बन्दको सामान्य प्रभाव देखिएपनि बाँकी क्षेत्रमा भने असर नदेखिएको प्रहरीले जनाएको छ ।  

पार्टी प्रवत्ता खड्गबहादुर विश्वकर्मा पक्राउ परेको विरोधमा विप्लव समुहले बन्दको आवह्वान गरेको थियो । बन्दले प्रभाव भने अत्यन्तै कम देखिएको छ । सडकमा निजी तथा सार्वजनिक यातायातका साधन गुडिरहेका छन् भने बजार तथा कलकारखाना सञ्चालनमा रहेका छन् । कलेज तथा स्कुलहरु भने बन्द भएका छन् । 

बन्दको प्रवाह नगरि सडकमा सधैँ झै सवारी साधन गुडिरहेको ट्राफिक प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार केहि स्थान बम राखेर तर्साउन खोजेपनि जनजीवनमा भने खासै प्रभाव परेको छैन् । 

मंगलबार विहानै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बम फेला परेका थिए । बम फेला परेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।