बिहीबार, साउन २१, २०८३

बारामा थलही पुलबाट मोटरसाइकल खस्दा दुई जनाको मृत्यु

बाराको महागढीमाई नगरपालिका-८ थलही पुलबाट मोटरसाइकल खस्दा दुई जनाको ज्यान गएको छ।
 |  सोमबार, जेठ ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३०, २०७९

बारा- बाराको महागढीमाई नगरपालिका-८ थलही पुलबाट मोटरसाइकल खस्दा दुई जनाको ज्यान गएको छ।

गम्भीर घाइते भएका दुई पुरुषको उपचारको क्रममा कलैया अस्पतालमा राति सवा ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

बाराका प्रहरी निरीक्षक सुदर्शन थापाका अनुसार मृतक दुवैको सनाखत हुन सकेको छैन। बरियापुरबाट लैगडाचोकतर्फ जादै गरेको प्रदेश ०२–०३–००४ प ७९३४ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई गएराति साढे १० बजे थलही पुलबाट तल खसेको थियो।

प्रकाशित: Jun 13, 2022| 09:18 सोमबार, जेठ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।