बिहीबार, असार ४, २०८३

देशका तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौंसहित बागमती, गण्डकी र प्रदेश-१ का केही ठाउँमा रातिदेखि पानी परेको छ।
 |  सोमबार, जेठ ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३०, २०७९

काठमाडौं- काठमाडौंसहित बागमती, गण्डकी र प्रदेश-१ का केही ठाउँमा रातिदेखि पानी परेको छ। यी प्रदेशका धेरै ठाउँमा दिउँसो पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

National life

केही दिनदेखि लगातारजसो पानी परेको मधेस प्रदेशमा भने आज खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन्।

बागमती, गण्डकी र प्रदेश-१ मा भने आज हल्कादेखि मध्यम खालको वर्षा हुने अनुमान गरिएको महाशाखाले जनाएको छ। अहिलेसम्म चार प्रदेश बागमती, गण्डकी, मधेस प्रदेश र प्रदेश-१ मा मनसुनी गतिविधि सक्रिय छ। 

लुम्बिनी प्रदेशको भने आंशिक क्षेत्रमा मात्रै मनसुन प्रवेश गरेको छ। अब मनसुन कर्णाली प्रदेशतर्फ सर्दै गरेको पनि मौसमविद् भट्टराईले जानकारी दिए।

पानी पर्ने सम्भावना रहेकाले यात्रा गर्दा वा घाँस दाउरा गर्दा सतर्कता अपनाउन महाशाखाको आग्रह छ।

Shivam cement

प्रकाशित: Jun 13, 2022| 08:58 सोमबार, जेठ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।