बिहीबार, साउन २१, २०८३

५२ लाख बराबरको अवैध सामान बरामद, एक जना पक्राउ

ना३ख४७८७ नम्बरको ट्रकमा राखेर पश्चिमतर्फ लैजाँदै गरेको अवस्थामा संघीय सरकारको स्वास्थ्य मापदण्डको लोगो नभएको गुट्खा तथा विद्युतीय सामानसहित काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका–१ का यमबहादुर श्रेष्ठलाई पक्राउ गरिएको बाहिनी मुख्यालयले जनाएको छ।
 |  सोमबार, जेठ ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३०, २०७९

महोत्तरी- सशस्त्र प्रहरी बलले पूर्वपश्चिम राजमार्गबाट चोरी छिपाइ लाँदै गरेका लाखौँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ।

जिल्लाको बर्दिबास–४ माइस्थानस्थित सशस्त्र प्रहरीको नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयबाट खटेको गस्ती टोलीले ५२ लाख १० हजार मूल्य बराबरको अवैध सामानसहित आइतबार एक जनालाई पक्राउ गरेको हो।

ना३ख४७८७ नम्बरको ट्रकमा राखेर पश्चिमतर्फ लैजाँदै गरेको अवस्थामा संघीय सरकारको स्वास्थ्य मापदण्डको लोगो नभएको गुट्खा तथा विद्युतीय सामानसहित काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका–१ का यमबहादुर श्रेष्ठलाई पक्राउ गरिएको बाहिनी मुख्यालयले जनाएको छ। 

पक्राउ परेका श्रेष्ठलाई बरामद भएको सामान र ट्रकसहित आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको बाहिनी मुख्यालयले जनाएको हो।

यसअघि भन्सार छलीका सामान सीमा क्षेत्र वरपर नै फेला परे पनि यस घटना भने जिल्लाको सीमा भारतीय सीमानाका भिठ्ठामोरबाट ५० किलोमिटर उत्तरबाट बरामद भएको हो। सामानबाहेक नियन्त्रणमा लिइएको ट्रकको मूल्य २० लाख करिब भएको जनाइएको छ। 

प्रकाशित: Jun 13, 2022| 07:52 सोमबार, जेठ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।