बिहीबार, साउन २१, २०८३

पाल्पाका किसानलाई धानको बीउ वितरण

संघीय सरकारको सशर्त अनुदानबमोजिम उन्नत जातमा अनुदान दिने कार्यक्रमअनुसार किसानको मागका आधारमा सावित्री र साँवा मन्सुली जातको बीउ वितरण गरिएको हो।
 |  सोमबार, जेठ ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३०, २०७९

पाल्पा- उत्पादन बढाउन पाल्पा रामपुरका किसानलाई उन्नत जातको धानको बीउ वितरण गरिएको छ। चालु आर्थिक वर्षमा संघीय सरकारको सशर्त अनुदानबमोजिम उन्नत जातमा अनुदान दिने कार्यक्रमअनुसार किसानको मागका आधारमा सावित्री र साँवा मन्सुली जातको बीउ वितरण गरिएको हो। 

नगरभित्र २० टन सावित्री, साढे चार टन साँवा मन्सुली, बहुगुडी २ र केही सुनौलो सुगन्ध गरी करिब २६ टन धानको बीउ वितरण गरिएको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले जानकारी दिए। सो बीउले यहाँका करिब आठ हजार ५०० रोपनी क्षेत्रफलमा पुग्ने उनले बताए।

सरकारले तोकेको मूल्यका आधारमा ५० प्रतिशत अनुदानमा प्रतिकिलो रु ७८ पर्ने सावित्री र साँवा मन्सुली धानलाई रु ३९, बहुगुडी २ जातको ४१ र सुनौलो सुगन्ध जातको रु ५२ मा घर संसार वितरक फार्मबाट वितरणका लागि अनुमति दिई कृषि सहकारी, समूह र कृषकलाई उपलब्ध गराएको कृषि प्राविधिक प्रज्वल केसीले बताए। 

रामपुर–६ को सातबिसे सेरामा करिब २०० रोपनी क्षेत्रफलमा धान बालीमा कृषि ज्ञानकेन्द्र पाल्पामार्फत बीजवृद्धि कार्यक्रम सञ्चालन गरिएको छ। गत वर्ष वितरण गरिएको उन्नत जातको बीउ यस वर्ष किसानले प्रयोग गरेको पाइएको छ। अनुदानमा उन्नत जातको धानको बीउ पाउँदा किसान खुसी छन्। एग्रोभेटमा प्रतिकिलो रु १०० भन्दा बढी मूल्यमा बिक्री भइरहेको धान नगरपालिकाले ५० प्रतिशत अनुदानमा उपलब्ध गराएपछि किसानलाई आर्थिक भार कम परेको तुलसी रेग्मीको भनाइ छ। 

गत वर्ष करिब २० टन धानको बीउ वितरण गरिएको थियो। धान उत्पादनको पकेट क्षेत्र मानिएको रामपुरमा करिब एक हजार ८०० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ। उन्नत जातको बीउ पाउन थालेपछि पानी कम हुने सुक्खा क्षेत्रमा पनि किसानले खेती गर्न थालेका छन्। 

प्रकाशित: Jun 13, 2022| 07:37 सोमबार, जेठ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।