बिहीबार, असार ३२, २०८३

डाक्टरहरुको चेतावनी- 'भदौ १ बाट विरामी हेर्दैनौ'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- नेपाल चिकित्सक संघले मुलुकी ऐन, मुलुकी अपराध (संहिता) ऐन, मुलुकी फौजदारी कार्यवधि ऐन संसोधन गर्न माग गरेको छ ।

नयाँ प्रावधानहरु समेटेर बनाइएको ऐनले डाक्टरहरुलाई अपराधीको दर्जामा राखेको भन्दै संघले तत्काल ऐन संसोधन गर्न माग गरेको हो ।

नयाँ मुलुकी ऐनमा चिकित्सकहरुको लापरवाहीले विरामीको मृत्यु भएको पुष्टि भए ५ वर्ष कैद र हेलचेक्र्याइँबाट बिरामीको मृत्यु भए ३ वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ । यो व्यवस्था प्रति असन्तुष्टि जनाउदै चिकित्सक संघले तत्काल संसोधन गर्न माग गरेका हो । 

संघले ऐन संसोधन नभए भदौ १ गतेबाट विरामी नजाच्ने चेतावनी दिएको छ । संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले चिकित्सकलाई अपराधी बनाउन खोजे भदौ १ देखि एप्रोन र लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाउने चेतावनी दिए । उनले भने– 'त्यस्तो दिन नआओस् सरकारले यसतर्फ बेलैमा ध्यान दिओस् ।' 

उनले ऐनमा लापरवाही र बद्नियत शव्दको स्पष्ट व्याख्या नभएको हुँदा ती ऐनका कारण चिकित्सकलाई सेवा गर्न अप्ठ्यारो पर्ने बताए । नयाँ व्यवस्थाले उपचारका क्रममा कुनै कारणले विरामीको मृत्यु भएमा डाक्टरहरुलाई फौजदारी अभियोग लाग्ने र जेल जाने अवस्था आएको उनले बताए । उपचार गर्दा आफू अपराधी बनिन्छ भनेपछि कुन डाक्टरले काम गर्न सक्छ ? अध्यक्ष श्रेष्ठले भने । 

नयाँ मुलुकी फौजदारी संहिता ऐनको दफा २३१ को उपदफा (१) मा ‘बदनियत चिताई’ इलाज गर्नेको हकमा बिरामीको ज्यान गए जन्मकैद हुने व्यवस्था गरिएको हो । ऐनमा चार खालका उपचारको अवस्थामा कसैको ज्यान गए यस्तो सजाय गर्ने भएको हो ।

नयाँ व्यवस्थाअनुसार कसैले कसैको ज्यान मार्ने वा अंगभंग गर्ने नियतले उपचार गरी ज्यान लिएमा जन्मकैदको सजाय हुनेछ । त्यस्तै एक किसिमको उपचार गर्नुपर्नेमा अर्कै उपचार गरी ज्यान गएमा पनि त्यही सजाय हुनेछ । कुनै औषधि खुवाउँदा वा खान सिफारिस गर्दा कसैको ज्यान मर्न वा अंगभंग हुन सक्छ भन्ने जान्दाजान्दै त्यस्तो औषधि खुवाउनेलाई पनि यही दफाअनुसार सजाय हुने ऐनमा उल्लेख छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।