भक्तपुर- सूर्यविनायक र लोकन्थलीमा मंगलबार एकाबिहानै भेटिएको प्रेसर ककुर बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै ठाउँमा भेटिएको बम केहिबेर अघि निष्क्रिय पारेको हो ।
सूर्यविनायक नगरपालिका–६ आदर्श बसपार्क नजिक तथा मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित सडक छेउमा झोलामा राखेको अवस्थामा प्रेसर कुकर बम भेटिएको हो ।
दुवै ठाउँको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए । उनले शान्ति सुरक्षाका लागि प्रहरी गस्ती र सादा पोशाकमा प्रहरी परिचालन गरिएको बताए ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज बन्दको आह्वान गरेको छ । बन्दसंगै सर्वसाधरणलाई आतंकित पार्न बम राखिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४