बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अमेरिकी सैन्य जनरलले भने - नेपाली सेना भरपर्दो जमिनी शक्ति

अमेरिकी सैन्य जनरलले भने - नेपाली सेना भरपर्दो जमिनी शक्ति

अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिनले नेपाली सेना एक भरपर्दाे जमिनी शक्ति भएको बताएका छन्।
 |  आइतबार, जेठ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २९, २०७९

काठमाडौं- अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिनले नेपाली सेना एक भरपर्दाे जमिनी शक्ति भएको बताएका छन्। 

National life

चारदिने औपचारिक भ्रमणका क्रममा फ्लिनले आइतबार शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेज भ्रमणपश्चात् आयोजित समारोहमा यस्तो बताएको हो। उनले नेपाली सेना संसारकै पुरानो सेनामध्ये एक रहेको समेत बताएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 

उक्त भ्रमणका क्रममा उहाँले कलेजका शिक्षाध्यक्षसँग भेटघाट तथा तालिमरत शिक्षार्थी अधिकृतसँग अन्तरक्रिया गर्नाका साथै वृक्षरोपण पनि गरेका छन्।

फ्लिन नेतृत्वको टोलीले आजै काभ्रेको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको समेत भ्रमण गरेको थियो। सो क्रममा शान्ति कार्य तालिम केन्द्रका केन्द्रपतिबाट उक्त भ्रमणदललाई वस्तुस्थितिलगायत विविध पक्षबारेमा जानकारी गराइएको थियो।

 उक्त भ्रमणदलले शान्ति स्थापना कार्यको दौरान आवश्यक पर्ने विभिन्‍न प्रदर्शनीको अवलोकनसमेत गरेको थियो। भ्रमणका क्रममा नेपाली सेनाका रथी तथा अधिकृत र उक्त भ्रमण दलका सदस्यहरूबीच संयुक्त राज्य अमेरिकाबाट शान्ति स्थापना कार्यका लागि प्राप्त सहयोग भविष्यमा थप वृद्धि गर्दै लैजानेलगायत विषयमा छलफल भएको जनाइएको छ। 

Shivam cement

यसअघि उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्। यस्तै प्रधानसेनापतिसँग पनि उनले भेटवार्ता गरेका थिए। यही जेठ २६ गते नेपालको चारदिने औपचारिक भ्रमणका लागि नेपाल आएका उनी आजै स्वदेश फिर्ता हुने कार्यक्रम छ।

प्रकाशित: Jun 12, 2022| 23:30 आइतबार, जेठ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।