मंगलबार, पुस १, २०८२

बालश्रम अन्त्य गर्न माग गर्दै जनकपुरमा प्रदर्शन

एकीकृत बाल क्लब जनकपुरधामले बालश्रम अन्त्य गर्न माग गरेको छ। विश्व बाल श्रमविरुद्धको दिवस मनाउँदै उसले उपमहानगरपालिकामा बालश्रम बढेको भन्दै रोक लगाउन माग गरेको हो।
 |  आइतबार, जेठ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २९, २०७९

जनकपुरधाम- एकीकृत बाल क्लब जनकपुरधामले बालश्रम अन्त्य गर्न माग गरेको छ। विश्व बाल श्रमविरुद्धको दिवस मनाउँदै उसले उपमहानगरपालिकामा बालश्रम बढेको भन्दै रोक लगाउन माग गरेको हो। 

National life

'बाल श्रम अन्त्य गरौँ, बाल अधिकारको सुनिश्चितता गरौँ, यो कलिलो हात : मजदुरी गर्न होईन सरकार, कलमको डोभले भविष्य बनाउन हो' जस्ता नाराहरूको साथमा जनकपुरधामको जनकचौकमा क्लबले प्रदर्शन गरेको थियो। 

कार्यक्रममा वक्ता रहेका चन्दन कौशिकले बालबालिका आफ्नो र आफू जस्ताको अधिकारबारे सचेत देखेको मा खुसी व्यक्त गरेका थिए। 'सरोकारवाला निकायलाई थप जागरुक बनाउन भाइबहिनीको उत्साहलाई‌ सकारात्मक बनाउन पर्छ,' उनले भने।   

कार्यक्रममा कायापलटका संयोजक दिवाकर उप्रेतीले सरकार थप संवेदनशील बन्न पर्ने बताए। इन्सेक प्रतिनिधि बरुण बस्यालले सरकार संवेदनशील बन्दै, बाल रोजगारीको सट्टा वयस्क राख्नुपर्ने बताए। 

कार्यक्रममा ओरेक नेपालका जिल्ला संयोजक रोजलिन सिंह बच्छार, अधिकारकर्मी जमुना भुजेल, सेभ द चिल्ड्रेनका प्रतिनिधि अभिलेष कर्ण, कायापलटका संयोजक दिवाकर उप्रेती, युवा अभियान्ता कैयुम राईन, महिला अधिकारकर्मी सुभद्रा आले, युवा अभियन्ता रिषभ शाही, सुभम झा, इन्सेक प्रतिनिधि बरुण बस्याल, एकीकृत बाल क्लबकी अध्यक्ष श्रुति तिवारी, बाल क्लबकी सचिव हिमानी मिश्रालगायतको उपस्थिति रहेको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 12, 2022| 20:20 आइतबार, जेठ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।