बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आजका अखबारः चिकित्सकको साताे लग्यो नयाँ मुलुकी ऐनले 

आजका अखबारः चिकित्सकको साताे लग्यो नयाँ मुलुकी ऐनले 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक अखबारहरुले सरकारले लगाएको जथाभावी कर र नयाँ मुलुकी ऐनका प्रावधानका विषयमा भइरहेको बहसलाई मुख्य प्राथमिकतामा पारेका छन् । 

आजको कान्तिपुर दैनिकले नयाँ मुलुकी ऐनमा चिकित्सकका लागि समावेश भएको प्रावधाका विषयलाई मुख्य समाचार बनाउदै उपचारमा ज्यान गए जन्मकैद शीर्षकमा खबर लेखेको छ ।

नयाँ मुलुकी ऐनको दफा २३१ को उपदफा १ मा बदनियत चिताई इलाज गर्नेको हकमा विरामीको ज्यान गए जन्मकैद हुने व्यवस्था गरिएको छ ।  यसलाई संसोधन गर्न माग गर्दै चिकित्सकहरु विरोधमा उत्रिएको कान्तिपुरले लेखेको छ । उसले नयाँ मुलुकी ऐनअनुसार पत्रकारमाथि पनि पेसागत जोखिम रहेको औल्याएको छ । 

यस्तै कान्तिपुरले पोखराको पार्क भिलेज वाटर फ्रन्ट प्रालिले फेवातालको २२ आना जग्गा अतिक्रमण गरि भौतिक संरचना बनाएको फेला परेको र डडेलधुराका स्थानीयतले खसी बोका र राँगाभैसीमा समेत कर लगाएको विषयलाई पनि पहिलो पृष्ठमा छापेको छ । 

आजको अन्नपूर्ण पोस्ट्ले भने स्थानीय तहले मनलाग्दी ढङ्गले कर उठाएको विषयलाई मुख्य समाचार बनाउनै आफ्नै हात जगन्नाथ शीर्षकमा खबर छापेको छ ।

संविधानले तीनै तहलाई शासनमा स्वयत्तता दिएको छ । तर, तिनका दायरा छन् । त्यसलाई भुलेर स्थानीय तहका जनप्रतिनिधि आफ्नै सुविधा मिलाउन केन्द्रित भइरहेका छन् । त्यसको कडा आलेलचा मात्रै भएको छैन्, संघीयताका आलोचकलाई मसला समेत मिलेको अन्नपूर्णले लेखेको छ । उसले करमा करकाप शीर्षकमा अर्को खबर पनि प्रकाशित गरेको छ ।
 
धनगढीको एक सडकमा बीचमा रुख राखेर वरिपरि कालोपत्र गरेको र सिक्टा सिँचाइमा अनिमितता भएको विषयलाई मुख्य समाचार बनाएको आजको नागरिक दैनिकले नयाँ मुलुकी संहिताको विषयमा पनि खबर लेखेको छ ।

उसले वैवाहिक बलात्कारमा पाँच वर्ष जेल शीर्षकमा खबर छापेको छ । नयाँ मुलुकी ऐनअनुसार पतिले पत्नीसंग यौनसम्पर्कका लागि अनुमति लिनै पर्ने र जवरजस्ति गरेमा जेल सजाय हुने व्यवस्था गरिएको छ । 

आजको नयाँ पत्रिकाले विभिन्न गाउँपालिका र नगरपालिकामा भएका उदाहरणीय कामलाई समेटेर गाउँ नगरमा उदाहरणीय काम शीर्षकमा मुख्य समाचार लेखेको छ ।
 
सुत्केरीलाई नागरपालिकाको भालेदेखि एकमाना घिउसम्म दिने, छोरीको खातामा २५ हजारको मुद्दती खाता खोलिदिने, एकल पुरुषलाई पनि जीवन निर्वाह भत्ता दिनेलगायतका विभिन्न लोकप्रिय कामहरु स्थानीयतहले गरेर आशाको दियो बालेको नयाँ पत्रिकाले उल्लेख गरेको छ ।

उसले इन्टरनेटबाट एक वर्षमै एक अर्ब लुट शीर्षकमा एङ्कर न्यूज छापेको छ भने प्राकृतिक प्रकोपका कारण चार महिनामा ५२९ जनाको ज्यान गएको पनि खबर लेखेको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।