सोमबार, मंसिर १०, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • मुआब्जा नपाए सडक आन्दोलन गर्ने विराटनगर विमानस्थल पीडित संघर्ष समितिको चेतावनी

Siddartha premir insuranceSiddartha premir insurance

मुआब्जा नपाए सडक आन्दोलन गर्ने विराटनगर विमानस्थल पीडित संघर्ष समितिको चेतावनी

संघर्ष समितिका संयोजक वेदराज पौडेलले मुआब्जाका लागि कागजात बुझाएको दुई वर्ष बितिसक्दा पनि सरकारले जग्गा रोक्का राखेको १ हजार ४ सय कित्ताको मुआब्जा नदिएकाले जेठ ३० गते बिहान ११ बजे विरोध जुलुससहित जिल्ला प्रशासन कार्यालय र मुख्यमन्त्रीको कार्यालयमा सात दिने अल्टिमेटम सहितको माग पत्र बुझाउने निर्णय गरिएको बताए।
 |  आइतबार, जेठ २९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २९, २०७९

विराटनगर- विराटनगर विमानस्थल पीडित संघर्ष समितिले आगामी असार ६ गतेदेखि सडक आन्दोलन गर्ने चेतावनी दिएको छ। रोक्का राखिएको जग्गाको मुआब्जा वितरण नहुँदा ३५० घरपरिवार आर्थिक संकटमा परेको भन्दै संघर्ष समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। 

triton college

संघर्ष समितिका संयोजक वेदराज पौडेलले मुआब्जाका लागि कागजात बुझाएको दुई वर्ष बितिसक्दा पनि सरकारले जग्गा रोक्का राखेको १ हजार ४ सय  कित्ताको मुआब्जा नदिएकाले जेठ ३० गते बिहान ११ बजे विरोध जुलुससहित जिल्ला प्रशासन कार्यालय र मुख्यमन्त्रीको कार्यालयमा सात दिने अल्टिमेटम सहितको माग पत्र बुझाउने निर्णय गरिएको बताए। 

सात दिन भित्र पनि जमिनको मुआब्जाका लागि बजेटको सुनिश्चितता या रोक्का राखेको जमिन फुक्का नगरिएमा असार ६ गतेदेखि सडक आन्दोनलमा उत्रने कार्यक्रम तय गरिएको संयोजक पौडेलले बताए। लामो समयसम्म घरसहित जमिन रोक्का हुँदा ३५० घर परिवार आर्थिक संकटबाट गुज्रनु परेको उनको भनाई छ। संयोजक पौडेलले भने,‘घर,  जमिन रोक्का हुँदा बैंकमा धितो राखेर रकम निकाल्न पाएनौं, अंशबण्डा, धितोपास, नामसारी, घर निर्माण गर्नेलगायतका सबै कार्य रोक्का हुँदा संविधानले प्रदान गरेको निजी सम्पत्तीको अधिकारबाट समेत वञ्‍चित हुनु परेको छ।’ सम्पत्ति भएर पनि छोराछोरी पढाउन, विहेदान गर्न, ब्यापार व्यावसाय गर्नबाट वञ्‍चित हुनु परेको पौडेलले बताए। 

सर्वोच्च अदालतले निजगढ बारामा बन्‍ने विमानस्थल पर्यावरणका दृष्टिका कारण बनाउन नमिल्ने भनेपछि त्यो विमानस्थलका लागि सरकारले ६ अर्ब रुपैयाँ विनियोजन गरेको तर विराटनगर विमानस्थललाई स्तरोन्‍नती गर्दै क्षेत्रीयस्तरको बनाउन कुनै बजेट विनियोजन नगरेकाले आन्दोलन गर्न बाध्य हुनु परेको संघर्ष समितिका सदस्य उद्धव कार्कीले बताए। राज्यले निर्धारण गर्ने मुआब्जा र पीडितहरुले मागिरहेको मुआब्जाको रकममा बसेर छलफल गरी एउटा निर्णयमा पुग्न सकिने उनको भनाई छ। 

विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थल बनाउन २०७७ चैत २३ र २४ गते गोरखापत्र दैनिकमा जमिन अधिग्रहणको लागि सूचना प्रकाशित गरी जिल्ला प्रशासन कार्यालय मोरङ मार्फत जमिन रोक्का गरिएको थियो।

Metro Mart
vianet

प्रकाशित: Jun 12, 2022| 17:46 आइतबार, जेठ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।