बिहीबार, असार ३२, २०८३

प्रदेश ३ को संसदमा तीन विधेयकमाथि छलफल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
हेटौँडा- प्रदेशसभाको सोमबारको बैठकमा तीन वटा विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ। प्रदेश प्रशासकीय कार्यविधि नियमित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश दुग्ध बोर्ड स्थापना गर्न बनेको विधेयकमाथि छलफल भएको थियो। 

प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा प्रदेश दुग्ध विकास बोर्डको स्थापना गर्न बनेको विधेयकमाथि सोमबार भएको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले ३ नम्बर प्रदेशका सबै जनतालाई बाख्राको दूध खुवाउने बताए।

उनले सरकारी संस्थाहरु घाटामा जाने प्रवृत्ति रहेकाले दुग्ध विकास बोर्डलाई घाटामा जान नदिन र दुरुपयोग हुन नदिन अनुगमन टोलीसमेत निर्माण गरिने बताए। यस विधेयकमाथिको छलफलमा सांसदहरु सीता अधिकारी, प्रभात तामाङ, बेलिमाया घले, रीता माझी, रीना गुरुङ र मीना ज्ञवालीले भाग लिएका थिए। 

सांसदहरु रमेश पौडेल र राधा घलेले प्रदेश प्रशासकीय कार्यविधि नियमित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश नगर्न राखेको विरोधको सूचना बहुमतले अस्वीकृत भयो। प्रदेश प्रशासकीय कार्यविधि नियमित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि १३ सांसद्ले छलफलमा भाग लिए। 

सांसदहरुले उठाएको प्रश्नको जवाफ दिंदै आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेलले सरकारले सदनलाई छल्न नसक्ने र सरकारी कामकारबाही अगाडि बढाउन यो विधेयक पेश गरेको बताए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।