बिहीबार, साउन २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंका मेयरको आश्वासन– अर्को हप्तासम्ममा फोहोर उठिसक्छ

काठमाडौंका मेयरको आश्वासन– अर्को हप्तासम्ममा फोहोर उठिसक्छ

काठमाडौं महानगरपालिका मेयर बालेन शाहले काठमाडौंमा थुप्रिएको फोहोर अर्को हप्तासम्ममा उठिसक्ने बताएका छन्। फोहोर उठिसकेपछि अरु प्रक्रिया सुरु हुने उनले बताए।
 |  आइतबार, जेठ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २९, २०७९

काठमाडौं– काठमाडौं महानगरपालिका मेयर बालेन शाहले काठमाडौंमा थुप्रिएको फोहोर अर्को हप्तासम्ममा उठिसक्ने बताएका छन्। फोहोर उठिसकेपछि अरु प्रक्रिया सुरु हुने उनले बताए। 

आइतबार बसेको दोस्रो कार्यपालिका बैठकमा उनले यो समस्या समन्वय र अनुगमन नभएर देखिएको भन्दै समस्या र समाधान दुवै खोजिनुपर्नेमा जोड दिए।

मेयर शाहले ढल जाम हुन नदिन त्यहाँसम्म पानी नै पुग्न नदिने उपाय गर्नुपर्ने बताए। सडक बनाउँदा छोपेर गर्ने र सडकमा निर्माण सामग्री थुपार्ने कार्य रोक्नुपर्ने उनको भनाइ छ। यस्ता कार्य गरेको भेटिए वडाले पनि कारबाही गर्नुपर्ने मेयर शाहले बताए।

पहिलो बैठकजस्तै दोस्रो कार्यपालिका बैठकको पनि प्रत्यक्ष प्रशारण गरिएको थियो।

प्रकाशित: Jun 12, 2022| 12:13 आइतबार, जेठ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।