बुधबार, चैत १५, २०७९

मधेशको मुद्दामा मिडियाको भूमिका

मधेसका मुद्दामा मिडियाले रिसर्च गरेर समाग्री प्रकाशन प्रसारण गर्नु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन्।
 |  शनिबार, जेठ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २८, २०७९

काठमाडौं- मधेसका मुद्दामा मिडियाले रिसर्च गरेर समाग्री प्रकाशन प्रसारण गर्नु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन्। ‘परिवर्तनको अभियान नेपाल’को आयोजना गरेको ‘मधेस मुद्धा’मा मिडियाको भूमिका विषयक संवाद कार्यक्रममा वक्ताहरुले मधेसकासमस्या समाधानका लागि मुलधारका मिडियाहरुले विशेष भूमिका खेल्नु पर्ने उनीहरुले जोड दिए।

National life insurance

पत्रकार वसन्त बस्नेत, मिडिया अनुसन्धानकर्ता प्रियंका झाले दिएको प्रस्तुतिमा मधेस विश्लेषक तुलानारायण साहले टिप्पणी गरेका थिए। मधेसका एजेन्डाहरुको सवालमा मधेसी समुदायको भावना अनुरुप यथेष्ट स्थान संचारमाध्यमहरुले नदिएको चर्चा गरिएको थियो। विश्लेषक साहले मधेस र पहाडी समुदायबीचको ऐतिहासिक सम्बन्ध र हालको अवस्थाबारे चर्चा गरेका थिए। सबैले सबैको भाषा, संस्कृती र भावनालाई सम्मान गर्दा मधेसी र पहाडी समुदायबीचको सामाजिक सद्भाव बलियो बन्ने उनले उल्लेख गरे।

मिडिया अनुसन्धानकर्ता झाले मिडियाले मधेसी र पहाडी समुदायबीच विश्वास मजबुत पार्ने खालका समाग्री प्रकाशन प्रशारण गर्नुपर्नेमा जोड दिए।

परिवर्तनको अभियान नेपालले मधेस प्रदेश र प्रदेश नम्बर-१ का विभिन्न जिल्लाहरुमा पहाडी–मधेसी समुदायबीच सद्भाव र विश्वास निर्माण गर्न समाजिक अभियान चलाउँदै आएको संस्थापक अध्यक्ष केशब दाहालले बताए।

प्रकाशित: Jun 11, 2022| 12:40. 33 शनिबार, जेठ २८, २०७९

थप समाचार

भोजमा विभेद गरेका गाउँपालिका अध्यक्ष यादवविरुद्ध उजुरी दर्ता

उक्त घटनाको राष्ट्रिय मानव अधिकार आयोगको टोलीले अनुगमन गर्दा अध्यक्ष यादवले जातीय छुवाछूत गरेको निष्कर्ष निकाल्दै कानुनी कारबाही हुनुपर्ने बताएको थियो।

हिन्दू परिषद्का केन्द्रीय सदस्यले चलाएको चिकेन स्टेसनमा गाईको मासु

हिन्दू परिषद् नेपालका केन्द्रीय सदस्य अरुण झाले सञ्चालन गरेको चिकेन स्टेसनले रमदानको अवसरमा गाईको मासुको परिकारमा विशेष छुटसम्बन्धी सामाजिक सञ्जालमार्फत प्रचार गरेको पाइएको हो।

छोरीको तस्बिरमा माला लगाउँदा भावुक भए प्रचण्ड

माइली छोरी रेनु र कान्छी गंगाको बीचमा उभिएका प्रचण्डको भावुक तस्बिर गंगाले सार्वजनिक गरेकी छन्। 

आफ्नै बुबाको जीवन सिध्याए जीवनले

दाउराको चिर्पटले हानेर बुबा नारायणको छोरा जीवनले हत्या गरेको प्रहरीले जनाएको छ।

मिटरब्याजपीडित पैदलै आन्दोलनका लागि उत्रिए काठमाडौं

मिटरब्याज पीडितहरू महोत्तरीको बर्दिवासबाट पैदलै हिँडेर ११औं दिन आज काठमाडौंको मातातीर्थ भित्रिएका हुन्।