बिहीबार, असार ४, २०८३

ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ भाँसीमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
 |  शनिबार, जेठ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २८, २०७९

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ भाँसीमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। 

National life

पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने उक्त सडक खण्डमा शनिबार बिहान ९ बजेतिर से१त ९६६८ नम्बरको ट्र्याक्टरले बाटो किनारमा रोकिराखेको से२प ५६५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भीमदत्त नगरपालिका वडा नम्बर १ बाराकुण्डा बस्ने ३५ वर्षीय तेजसिंह धामीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका धामीलाई उपचारको लागि महाकाली प्रादेशिक अस्पतालमा लगिए पनि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहले वेदकोट नगरपालिका वडा नम्बर १० बस्ने ट्र्याक्टर चालक २५ वर्षीय राकेश रानालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बताए।

प्रकाशित: Jun 11, 2022| 12:45 शनिबार, जेठ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।