बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लैनचौरबाट ३५ लाख लुटपाट घटनामा संलग्न थप एक व्यक्ति पक्राउ

लैनचौरबाट ३५ लाख लुटपाट घटनामा संलग्न थप एक व्यक्ति पक्राउ

काठमाडौंको लैनचौरमा ३५ लाख लुटपाट गरेको घटनामा संलग्न थप एक जनालाई प्रहरीले दाङबाट पक्राउ गरेको छ।
 |  शनिबार, जेठ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २८, २०७९

काडमाडौं- काठमाडौंको लैनचौरमा ३५ लाख लुटपाट गरेको घटनामा संलग्न थप एक जनालाई प्रहरीले दाङबाट पक्राउ गरेको छ। दाङको घोराही उपमहागनरपालिका-१० का २५ वर्षीय सुदन नेपालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

National life

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार नेपालीलाई शुक्रबार दाङ भालुवाङस्थित आफ्नो ससुरालीमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन्।

नेपालीसहित केही युवाहरूले काठमाडौंको लैनचौरमा जेठ ८ गते अपराह्नमा ३५ लाख लुटपाट गरी फरार भएका थिए। उनीहरूले एक जना व्यापारीलाई सस्तोमा सुन दिनेभन्दै प्रलोभनमा पारेर लुटपाट गरेका थिए।

३५ लाखमा धेरै सुन पाउने भएपछि पीडित व्यापारी लैनचौर पुगेका थिए। तर, उनी लुटिएपछि प्रहरी वृत्त लैनचौर पुगेका थिए। 

त्यसपछि प्रहरीले घटनासम्बन्धी अनुसन्धान अघि बढाएको थियो। घटनास्थलमा पैसा खोसाखोस हुँदा एउटा मोबाइल पनि खसेको थियो। मोबाइलबाट यस घटनामा प्रहरीको पनि संलग्नता भएको खुलेको थियो।

Shivam cement

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार यस घटनामा एक जना सिपाही र एक जना हवल्दारको संलग्नता रहेको खुलेको हो। प्रहरीले यस घटनामा संलग्न दुई जनालाई यसअघि नै पक्राउ गरिसकेको छ। 

यसअघि पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका-१ घर भई बुढानिलकण्ठ नगरपालिका-६ बस्ने २५ वर्षीय पेम्बा तामाङ र दाङ घर भई काठमाडौं मालीगाउँ बस्ने ३४ वर्षीय सालिक राम नेपाली छन्।

प्रकाशित: Jun 11, 2022| 12:30 शनिबार, जेठ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।