बिहीबार, असार ४, २०८३

होटेलको छतबाट खसेर भैरहवामा युवकको मृत्यु

रुपन्देहीको भैरहवामा होटेलको छतबाट खसेर एक युवकको ज्यान गएको छ।
 |  शनिबार, जेठ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २८, २०७९

रुपन्देही- रुपन्देहीको भैरहवामा होटेलको छतबाट खसेर एक युवकको ज्यान गएको छ। 

National life

भैरहवा बसपार्कमा रहेको होटेल सि प्रिन्सको छतबाट खसेर रुपन्देहीको कोटिहिमाई गाउँपालिका ५ का २४ वर्षीय अमित यादव शनिबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ।

ती युवक साथीहरूसहित त्यस होटेलमा बस्न आएका थिए। होटल चार तले छ। कुन तलाबाट उनी खसे भन्ने खुलेको छैन। होटेल मालिकले केही पैसा पनि हराएको जनाएको र उनी चोरेर भाग्ने क्रममा छतबाट खसेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ।

रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौडेलले घटनाबारे अनुसन्धान भने जारी रहेको बताए।

प्रकाशित: Jun 11, 2022| 12:05 शनिबार, जेठ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।