बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बूढानीलकण्ठमा सांस्कृतिक प्रज्ञा प्रतिष्ठान स्थापना गरिने

बूढानीलकण्ठमा सांस्कृतिक प्रज्ञा प्रतिष्ठान स्थापना गरिने

सो अवसरमा नगर प्रमुख तथा समाजका संस्थापक अध्यक्ष मीठाराम अधिकारीले आगामी असार ९ गते हुने नगर परिषद्का लागि विस्तृत परियोजना प्रतिवेदनका साथ आफ्ना कार्यक्रम माग गर्न समाजलाई आग्रह गरे।
 |  शनिबार, जेठ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २८, २०७९

काठमाडौं- बूढानीलकण्ठ नगरपालिकाले नगरको धार्मिक, सांस्कृतिक तथा सामाजिक विकास गर्ने उद्देश्यले सांस्कृतिक प्रज्ञाप्रतिष्ठान स्थापना गर्ने भएको छ।

National life

कपन साहित्य समाजको आयोजनामा शनिवार यात्री स्मृति कक्षमा भएको 'नवनिर्वाचित जनप्रतिनिधि सम्मान' कार्यक्रममा नगर प्रमुख तथा उपप्रमुखले 'कल्चरल एकेडेमी'का माध्यमबाट नगरको सामाजिक उन्नयन तथा सांस्कृतिक रूपान्तरण गर्नाका साथै प्राकृतिक तथा भौतिक सम्पदाको संरक्षण र विकास गरिने बताए।

सो अवसरमा नगर प्रमुख तथा समाजका संस्थापक अध्यक्ष मीठाराम अधिकारीले आगामी असार ९ गते हुने नगर परिषद्का लागि विस्तृत परियोजना प्रतिवेदनका साथ आफ्ना कार्यक्रम माग गर्न समाजलाई आग्रह गरे।

उपप्रमुख अनिता लामाले नगरका इतिहास, कला, संस्कृति, पर्यावरण विकास आदि समेटिने प्रज्ञाप्रतिष्ठान बनाइने प्रतिबद्धता व्यक्त गरे।

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले आफ्नो संस्थाले पछिल्लो कार्यकालमा अप्राप्य ग्रन्थ र नयाँ गरी १५० कृति प्रकाशन गरेको जानकारी दिँदै शासकमा प्रज्ञा एवं सिर्जनाको महत्त्व बुझ्ने क्षमता हुनुपर्नेमा जोड दिए।

Shivam cement

कार्यक्रममा कौशिकी साहित्य प्रतिष्ठानले प्रकाशन गरेको साहित्यकार होमशंकर बास्तोलाद्वारा ५० को दशकको उत्तराद्र्धदेखि ७० को दशकसम्म लिखित कवितासंग्रह ‘भोका सपनाहरू’ विमोचन गरिएको थियो। कृतिमाथि समीक्षा गर्दै समाजका सल्लाहकार आरएम डंगोलले संग्रहमा द्वन्द्वग्रस्त परिस्थिति, निम्नवर्गीय भोगाइ र पीडा, नारी संवेदना आदिलाई राम्रोसँग चित्रण गरिएको बताए भने प्रतिष्ठानका अध्यक्ष चेतनाथ धमलाले विद्रोही चेतनाका साहित्यकार बास्तोलाका कविता सरल र बोधगम्य भएको स्पष्ट गरे।

समाजका अध्यक्ष गणेशकुमार मिश्र र महासचिव लक्ष्मण अधिकारीले समाजका गतिविधिबारे चर्चा गरेका थिए।

सो अवसरमा नगर प्रमुख, उपप्रमुख लगायत कपन क्षेत्रमा पर्ने वडा नम्बर १०, ११ र १२ का वडाध्यक्ष नवराज भट्टराई, राजु अधिकारी र शम्भु भट्टराईलगायत सदस्यलाई सम्मान गरिएको थियो।   -रासस

प्रकाशित: Jun 11, 2022| 12:20 शनिबार, जेठ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।