काठमाडौं- नारायणघाट-मुग्लिन सडक खण्ड पूर्णरूपमा खुलेको छ। गएराति टोपे खोला नजिकै पहिरो खसेर दुईतर्फी आवात-जावत रोकिएको सडकमा पहिरो हटाएपछि पूर्णरूपमा खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।
सडक पूर्णरूपमा खुलेसँगै जाममा परेका यात्रु गन्तव्यमा लागेका छन्। पानी पर्न रोकिएपछि पहिरो पन्छ्याउन सहज भएको ट्राफिक प्रहरीले जनाएको छ।
हिजो शुक्रवार बिहान टोपे खोलमा पहिरो खस्दा घण्टौँसम्म गाडी जाम भएका थिए। दिउँसो पहिरो पन्छाएर गाडी चल्न थाले पनि फेरि पहिरो खस्दा यात्रुले सास्ती पाएका थिए।