बिहीबार, असार ४, २०८३

नेपाल पर्वतारोहण संघको अध्यक्षमा निमा नुरु विजयी

शुक्रकबार भएको निर्वाचनमा उनी ७३५ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी राजेन्द्रमान श्रेष्ठले १२२ मत प्राप्त गरे।
 |  शनिबार, जेठ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २८, २०७९

काठमाडौं- नेपाल पर्वतारोहण संघको अध्यक्षमा निमा नुरु शेर्पा विजयी भएका छन्। शुक्रकबार भएको निर्वाचनमा उनी ७३५ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी राजेन्द्रमान श्रेष्ठले १२२ मत प्राप्त गरे।

National life

सोलुखुम्बुमा जन्मिएका निमा पर्यटन व्यवसायी हुन्। ट्रेकिङ व्यवसायबाट प्रवेश गरेका शेर्पा अहिले अल्टिच्युड हेलिकोप्टरका मालिक हुन्। उनी सफल होटेल व्यवसायी पनि हुन्।

शेर्पा सन् १९८८ बाट पर्यटन क्षेत्रमा सक्रिय छन्। सन् २०१६ बाट हेलिकोप्टर कम्पनीमा लगानी गरेका उनी अहिले पनि नेपालको प्रमुख आय स्रोत रहेको पर्यटन क्षेत्रमा सरकारले आवश्यक ध्यान दिन नसकेको बताउँछन्।

यस्तै, वरिष्ठ उपाध्यक्षमा ठाकुरराज पाण्डे ४२८ मत प्राप्त गरी विजयी भएका छन्। प्रथम उपाध्यक्षमा आङ दावा शेर्पा ४२० मत प्राप्त गर्दै निर्वाचित भएका छन्। द्वितीय उपाध्यक्षमा दावा याङजुम शेर्पा ४८२ मत ल्याएर विजयी भएका छन्।

प्रकाशित: Jun 11, 2022| 10:07 शनिबार, जेठ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।