बिहीबार, असार ४, २०८३

खोला तर्ने क्रममा बेपत्ता भएका एक जनाको शव भेटियो

तनहुँको शुक्लागण्डकी नगरपालिका-९ स्थित बराहखोलाले बगाउँदा यामबहादुर विकको मृत्यु भएको छ।
 |  शनिबार, जेठ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २८, २०७९

तनहुँ- तनहुँको शुक्लागण्डकी नगरपालिका-९ स्थित बराहखोलाले बगाउँदा यामबहादुर विकको मृत्यु भएको छ। 

National life

शुक्रबार राति करिब १०:२० बजे खोला तर्ने क्रममा वर्षाका कारण आएको भेलले बगाउँदा शुक्लागण्डकी १० कुखुरे खोला बस्ने ५२ वर्षका बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए।  

आफ्नै घर जाने क्रममा खोलामा आइरहेको भेलले उनलाई बगाएको थियो। हिजो रातिदेखि स्थानीय र प्रहरीको सहायतामा खोजी कार्य जारी राखिएकामा आज बिहान ७ बजे उक्त स्थानदेखि ४ सय मिटर तल ब्राहा खोलाको छेउमा बिक मृत अवस्थामा फेला परेका हुन्। 

५२ वर्षीय बिकको खोलाले बगाएर मृत्यु भएको देखिए पनि घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: Jun 11, 2022| 09:45 शनिबार, जेठ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।