बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नागरिकता बनाउन नक्कली कागजात पेश गर्ने आमा छोरा पक्राउ

नागरिकता बनाउन नक्कली कागजात पेश गर्ने आमा छोरा पक्राउ

नागरिकता बनाउन नक्कली नागरिकता पेश गर्ने दुई जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ।
 |  शनिबार, जेठ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २८, २०७९

रुपन्देही- नागरिकता बनाउन नक्कली नागरिकता पेश गर्ने दुई जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ।

National life

जिल्ला प्रशासन कार्यालयमा छोराको नागरिकता बनाउन आफ्नो श्रीमानले बनाएको नक्कली नागरिकता पेश गरी नागरिकता बनाउन खोजेको आरोपमा आमाछोरालाई प्रहरीले पक्राउ गरेको हो।

शुद्धोधन गाउँपालिका–५ की अबराईन खातुनले आफ्ना श्रीमान रियाजुद्दीन खान मुसलमानले बनाएको नक्कली नागरिकतासहित जिल्ला प्रशासन कार्यालयमा नागरिकताका लागि बिहीबार कागजातहरु पेश गरेकी थिइन्।

छानबिन र अनुसन्धान गर्दा रियाजुद्दीनको नागरिकता नै नक्कली भेटिएपछि अबरईन र जाबेदलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए।

सहायक प्रजिअ पौडेलले रियाजुद्दीनको नागरिकताको विवरण रुपन्देही प्रशासन कार्यालयसँग माग गर्दा सो नामको कुनै नागरिकता नभेटिएको र हेर्दा नै नक्कली नागरिकताजस्तो देखिएको, रुपन्देहीमा कुनै विवरण समेत नरहेको र लोगो समेत नक्कली भेटिएको बताए।

Shivam cement

२०६१ सालमा अबराईनले विवाह गरेको प्रमाणपत्र पेश गरेकोमा उनले २०६३ सालमा आफू अविवाहित भनेर नागरिकताको प्रमाण लिएको भेटिएको पौडेलले बताए।

झुठो विवरण दिई किर्ते नागकिरता बनाउन खोजेको दुबैमाथि नागरिकता ऐन र नियमाली अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए।

प्रकाशित: Jun 11, 2022| 09:35 शनिबार, जेठ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।