बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दार्चुलामा महिलालाई जलाएर हत्या गर्ने मुख्य अभियुक्त सार्वजनिक

दार्चुलामा महिलालाई जलाएर हत्या गर्ने मुख्य अभियुक्त सार्वजनिक

बुधबार दार्चुलाको शैल्यशिखर नगरपालिका-१ बारीलकी ४५ वर्षीया अनिभा खडायतको आगोमा जलाएर हत्या गरी फरार रहेका मुख्य अभियुक्तलाई शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ।
 |  शनिबार, जेठ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २८, २०७९

धनगढी- बुधबार दार्चुलाको शैल्यशिखर नगरपालिका-१ बारीलकी ४५ वर्षीया अनिभा खडायतको आगोमा जलाएर हत्या गरी फरार रहेका मुख्य अभियुक्तलाई शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका भोजराज खडायत रहेका छन्।

National life

खडायतलाई बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका-३ खोचलेकबाट पक्राउ गरी शुक्रबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।

आफ्नो घरबाट ५० मिटर टाढा उखुबारीमा खरको थुप्रोमा जलेको अवस्थामा बुधबार अनिभाको शव फेला परेको थियो। भोजराजले ती महिलालाई घरबाट बोलाई बारीमा लगेको र करणी गर्ने विषयमा उनीहरूबीच विवाद हुँदा ढुंगा हानी घरतर्फ जाँदै गर्दा मृतककी छोरीले देखेकोले आफ्नो पोल खुल्ने डरले पुनः घटनास्थल गई खरले छोपी आगो लगाई घटनास्थलबाट फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।

खडायतको साथबाट अनिभाले कानमा लगाएको सुनको बाली दुई थान र नाकमा लगाएको नथियाँ एक थानसमेत प्रहरीले बरामद गरेको छ। उनी उपर जबरजस्ती करणी, ज्यानसम्बन्धी कसुर र डाँका चोरी शीर्षक मुद्दामा जिल्ला अदालत दार्चुलाबाट सात दिन म्याद थप अनुमति लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 11, 2022| 08:50 शनिबार, जेठ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।