बिहीबार, असार ४, २०८३

एउटा गाउँमा आठवटा सडक

रुम बासीका दुःख र पीडामा पछिल्ला ५ वर्षको अवधिमा मलहम लागेको छ। गाउँमा सडक पुगेको छ। यो ५ वर्षको अवधिमा रुमका अधिकांश बस्तीमा सडक, शिक्षा, स्वास्थ्य र खानेपानीमा पहुँच विस्तार भएको छ।
 |  शनिबार, जेठ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २८, २०७९

गलेश्वर- पाँच वर्षअघिसम्म बिरामी पर्दा अप्ठ्यारो बाटोमा स्ट्रेचरमा बोकेर उपचारका लागि दरबाङ हुँदै सदरमुकाम बेनी, पोखरा तथा काठमाडौं जानुपर्ने पश्चिम म्याग्दीको मालिका-२ रुम गाउँका बिरामीलाई अहिले गाउँको स्वास्थ्यचौकीमा उपचार हुन नसक्ने रोगका लागि एम्बुलेन्स वा गाडीमा बसेर सहरका सुविधायुक्त अस्पतालमा जान पाएका छन्।

National life

रुम बासीका दुःख र पीडामा पछिल्ला ५ वर्षको अवधिमा मलहम लागेको छ। गाउँमा सडक पुगेको छ। यो ५ वर्षको अवधिमा रुमका अधिकांश बस्तीमा सडक, शिक्षा, स्वास्थ्य र खानेपानीमा पहुँच विस्तार भएको छ।

स्थानीय सरकार, प्रदेश र संघ सरकारबाट बजेट भित्रिन थालेपछि गाउँको विकासको ढोका खुलेको छ। गाउँमा पुग्न दरबाङदेखि मुख्य सडकसँगै अभिारादेखि अरु ७ वटा सडक खुलेका छन्। 

५ वर्ष पहिला गाउँमा सडक पुगेको थिएन। गाडी भेट्न पैदल हिँडेर दरबाङ बजार झर्नुपथ्र्यो। दैनिक उपभोग्य वस्तु लगायतका सामग्री खच्चडलाई बोकाएर गाउँमा ल्याउनुपथ्र्यो। बिरामीलाई अस्पताल लग्न स्ट्रेचरमा राखेर घण्टौँसम्म पैदल हिँड्नुपर्ने बाध्यता थियो। 

५ वर्षअघि म्याग्दीको मालिका गाउँपालिका–२ रुम गाउँका स्थानीयका दुःख, पीडा भए पनि संघीयता कार्यान्वयन भएसँगै स्थानीय तहमा जनप्रतिनिधि आएपछि दुर्गम रूम गाउँको मुहार फेरिएको छ। घर आँगनबाटै रुमवासी मोटर चढेर पालिका केन्द्र दरबाङ र बेनीसम्म पुग्ने सुविधा पाएका छन्। घरघरमा खानेपानीको सुविधा पुग्यो। 

Shivam cement

स्थानीय तहमा जनप्रतिनिधि आएसँगै यो ५ वर्षको अवधिमा रूमका सबै बस्तीमा सडक पुगेको पूर्व वडाध्यक्ष नरबहादुर पुनले बताए। ‘पहिला गाउँमा विकास बजेट नै न्यून आउँथ्यो,’ उनले भने, ‘स्थानीय सरकार बनेपछि गाउँको विकासका लागि करोडौं रकम भित्रिन थाल्यो। गाउँपालिकाका साथै संघ र प्रदेशबाट सडक, शिक्षा र स्वास्थ्य लगायतका पूर्वाधारका क्षेत्रमा राम्रो बजेट आएपछि गाउँमा परिवर्तन आयो।’

५ वर्षमा अधिभरादेखि रुम गाउँ आउने मुख्य सडकका साथै ८ वटा अन्य सडक निर्माण भएको उनले बताए। गाउँका सबै बस्तीमा सडक पहुँच विस्तार भएको छ। पूर्व वडाध्यक्ष पुनले भने, ‘कमजोर भूगोल भएकाले बाह्रै महिना सडक सञ्चालन गर्न चुनौती छ।’

सडक स्तरोन्नति र सडक पुलको व्यवस्था मिलाउन सके रुम गाउँमा बाह्रै महिना यातायात सञ्चालन गर्न सहज हुने उनले बताए।

विद्यालयको भौतिक पूर्वाधारका क्षेत्रमा पनि ५ वर्षमा राम्रो विकास भएको उनले बताए। विद्यालयमा भवन निर्माण, फर्निचरको व्यवस्थापन, खेल मैदान निर्माण, घेराबार तथा शौचालय निर्माण भएका छन्। विभिन्न स्थानमा गरेर ५ वटा झोलुङ्गे पुल निर्माण भएका छन्। जसले स्थानीयलाई आवतजावतमा सहजता मिलेको छ। 

संघीयता कार्यान्वयनसँगै स्थानीय तहमा जनप्रतिनिधि आएपछि रुम गाउँमा विकास भित्रिन थालेको स्थानीय युवा तारा रोकाले बताए। गाउँमा सडक पुगेपछि दैनिक उपभोग्य वस्तु ढुवानी मूल्य आधाले घटेकाले सुलभ दरमा गाउँमै दैनिक उपभोग्य वस्तु पाउन थालेको बताए।

प्रकाशित: Jun 11, 2022| 08:12 शनिबार, जेठ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।