बिहीबार, असार ४, २०८३

मनसुन पश्चिमतिर सर्दै, कस्तो रहला आज देशभरको मौसम?

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हालसम्म नेपालमा चार प्रदेशमा मनसुनी प्रणाली सक्रिय भएको छ। र, मनसुन पश्चिमतिर सर्दै गएको छ।
 |  शनिबार, जेठ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २८, २०७९

काठमाडौं- नेपालमा केही दिन यता मनसुनी प्रणाली सक्रिय रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हालसम्म नेपालमा चार प्रदेशमा मनसुनी प्रणाली सक्रिय भएको छ। र, मनसुन पश्चिमतिर सर्दै गएको छ।

National life

महाशाखाले जारी गरेको विशेष मौसम बुलेटिनका अनुसार, जेठ २७ गतेको मध्यान्हसम्म प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुन प्रवेश गरेको छ। देशका बाँकी भूभागमा केही दिनपछि मनसुनी प्रणाली प्रवेश गर्ने अनुमान गरिएको छ।

यस वर्षको मनसुन सरदर मितिभन्दा अघि नै नेपालको पूर्वी भूभागमा प्रवेश गरेको हो। नेपालमा मनसुन भित्रिने सरदर मिति १३ जुन भए पनि यस वर्ष भने ५ जुन (जेठ २२ गते) मै मनसुनी वायु प्रवेश गरेको थियो। नेपालमा पूर्वी भाग हुँदै मनसुन प्रवेश गरेर क्रमशः पश्चिमतिर सर्दै जान्छ।

करीब चार महीना रहने मनसुनी अवधिमा वार्षिक हुने वर्षाको करीब ८० प्रतिशत वर्षा हुन्छ। देशको खेतीपाती आकाशे पानीमा निर्भर रहेकाले कृषिका मनसुन वरदान मानिन्छ। तर, मनसुनले बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक प्रकोप पनि सँगै लिएर आउँछ।

यस वर्षको मनसुन शुरू हुनेबित्तिकै देशका विभिन्न भागमा पहिरो, नदी कटानजस्ता विपद् शुरू भइसकेका छन्। हरेक वर्ष मनसुनमा प्राकृतिक प्रकोपमा परेर दर्जनौंले ज्यान गुमाउँछन्।

Shivam cement

यो वर्ष मनसुनको अवधिमा सरदरभन्दा धेरै पानी पर्ने विभागले अनुमान गरेको छ। सरदरभन्दा धेरै पानी पर्दा प्राकृतिक प्रकोपको जोखिम थप बढ्नसक्छ।

आज नेपालको प्रदेश न १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका भूभागमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

हाल प्रदेश १ र मधेस प्रदेश लगायत देशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली  रही बाँकी भूभागहरूमा आंशिक बदली देखि मौसम सफा रहेको छ। प्रदेश १ र मधेस प्रदेशका एक दुई स्थानहरूमा थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो प्रदेश १, मधेश प्रदेश , बागमती  र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली  रही अन्य प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ। प्रदेश १, बागमती  र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा तथा मधेश प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राती प्रदेश १, मधेश प्रदेश , बागमती  र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का केही स्थान र अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: Jun 11, 2022| 07:38 शनिबार, जेठ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।