शुक्रबार, साउन २२, २०८३

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो

नारायणघाट-मुग्लिन सडक खण्डमा फेरि पहिरो खस्दा अवरुद्ध भएको सडक खुलेको छ। राति टोपे खोला नजिकै पहिरो खस्दा केहीबेर दुईतर्फी नै सडक बन्द भएको थियो।
 |  शनिबार, जेठ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २८, २०७९

चितवन- नारायणघाट-मुग्लिन सडक खण्डमा फेरि पहिरो खस्दा अवरुद्ध भएको सडक खुलेको छ। राति टोपे खोला नजिकै पहिरो खस्दा केहीबेर दुईतर्फी नै सडक बन्द भएको थियो। 

पहिरो पन्छाएर बिस्तारै गाडी सञ्चालन गर्न थालिएको मुग्लिन प्रहरीले जनाएको छ। पहिरो पन्छाउँदै गाडी खुलाउँदै गरिए पनि पानी परिरहेकाले सडक पूर्णरूपमा खुल्न नसकेको प्रहरीको भनाइ छ।

अहिले गाडी चापमा चलिरहेका र जाम रहेको प्रहरीको भनाइ छ। शुक्रबार बिहान पनि सोही ठाउँमा पहिरो खस्दा घण्टौँसम्म गाडी जाम भएका थिए। दिउँसो पहिरो पन्छाएर गाडी चल्न थाले पनि राति फेरि पहिरो खस्दा यात्रुले सास्ती पाएका छन्।

प्रकाशित: Jun 11, 2022| 07:00 शनिबार, जेठ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।