बिहीबार, असार ४, २०८३

आँबुखैरेनी पहिरो : ज्यान गुमाएका दुवै पुरुषको सनाखत

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ साखरको बाँध नजिक शुक्रवार बिहान सडक भासिँदा ज्यान गुमाएका दुवै पुरुषको सनाखत भएको छ।
 |  शनिबार, जेठ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २८, २०७९

तनहुँ- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ साखरको बाँध नजिक शुक्रबार बिहान सडक भासिँदा ज्यान गुमाएका दुवै पुरुषको सनाखत भएको छ। घटनापछि दमौली अस्पतालमा राखिएको शव मृतकका आफन्तले पहिचान गरेका हुन्।

National life

ज्यान गुमाउनेमा गोरखाको सिरानचोक गाउँपालिका-५ छोप्राक घर भई आँबुखैरेनीमा बस्दै आएका ३५ वर्षीय केशव घिमिरे र मकवानपुरको हेटौँडा नगरपालिका-७ का ३३ वर्षीय हेमबहादुर भुजेल रहेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख प्रहरी नायव निरीक्षक गोकर्ण नेपालले जानकारी दिए। 

 दुई पुरुषको शव भेटिएपछि सडक भासिएको मर्स्याङ्दी नदी किनार आसपासको क्षेत्रमा पोखरा र चितवनबाट आएको गोताखोर टोली परिचालन भएको छ। टोलीले खोजी कार्य अघि बढाएको छ। 

भासिएको सडक मर्मत गरी आवागमन सहज बनाउन सडक डिभिजन कार्यालयका प्राविधिक टोलीले काम गरिरहेको छ।

प्रकाशित: Jun 11, 2022| 06:41 शनिबार, जेठ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।