बिहीबार, असार ४, २०८३

भाडामा यात्रु बोक्ने एम्बुलेन्सको छानबिन हुँदै

रामपुर अस्पतालको एम्बुलेन्सले भाडामा यात्रु ओसारपोसार गरेको सम्बन्धमा छानबिन प्रक्रिया अगाडि बढाइएको छ। बिरामी बोक्ने एम्बुलेन्सले यात्रु बोकेको विषयमा विभिन्न सञ्चार माध्यममा समाचार आएपछि अस्पताल विकास समितिले छानबिन समिति गठन गरी प्रक्रिया थालनी गरेको छ।
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९

चितवन- रामपुर अस्पतालको एम्बुलेन्सले भाडामा यात्रु ओसारपोसार गरेको सम्बन्धमा छानबिन प्रक्रिया अगाडि बढाइएको छ। बिरामी बोक्ने एम्बुलेन्सले यात्रु बोकेको विषयमा विभिन्न सञ्चार माध्यममा समाचार आएपछि अस्पताल विकास समितिले छानबिन समिति गठन गरी प्रक्रिया थालनी गरेको छ।

National life

छानबिनका लागि अस्पताल प्रमुख नेत्रनारायण पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ। पोखरेलले छानबिन प्रक्रियालाई अघि बढाइएको र यथार्थ जानकारी लिने बताउनुभयो। छानबिन समितिले बिरामी नै बोकेको हो भन्‍ने गल्ती प्रमाण पाएमा चालकलाई कारबाही गर्ने अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकालले जानकारी दिनुभएको छ। सात दिनभित्र प्रतिवेदन बुझाउन छानबिन समितिलाई उहाँले निर्देशन दिएका छन्।

अस्पतालको बा २ झ १७४३ नम्बरको एम्बुलेन्स पाल्पा तानसेनको प्रभासबाट चार यात्रु रामपुर लिएर आउने क्रममा चिर्तुङधारामा जाँच गर्दा केही दिनअघि ट्राफिक प्रहरीको कारबाहीमा परेको थियो। भाडामा यात्रु बोकेको शङ्का लागेपछि सोधपुछ गर्दा कारबारहीमा परेको हो। पहिलो पटक रहेकाले रु एक हजार जरिवाना गरी एम्बुलेन्सलाई छोडिएको थियो। प्रभासबाट रामपुरसम्मको एक यात्रुको रु ६२५ का दरले रु दुई हजार ५०० भाडा असुलेको बुझिएको छ। प्रचलित भाडादर भन्दा सो भाडादर बढी हो।

किसानलाई हाते ट्र्याक्टर 

रैनादेवीछहरा गाउँपालिकाका किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको छ। गाउँपालिका भित्रका ७१ ले हाते ट्र्याक्टर (मिनी टिलर) अनुदानमा बुझेका छन्। 

Shivam cement

खेतबारी खनजोत गर्न र उत्पादन बढाउने उद्देश्यले ट्र्याक्टर वितरण गरिएको हो। गाउँपालिकाको ५० प्रतिशत अनुदानमा वितरण गरिएको कृषि शाखा प्रमुख सुनिता पोखरेलले बताए। आधुनिक प्रविधिबाट खेती गर्न र खेतबारी खनजोतमा सुविधा हुने गरी हाते ट्र्याक्टर उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराईले बताए।

उनले भने, 'पछिल्लो समयमा जमिन बाँझो हुने समस्या छ, आगामी दिनमा गाउँपालिकाले कृषि प्रणालीमा परिवर्तन ल्याउने कार्यक्रम सञ्चालन गर्नेछ, कृषकहरूले जमिनको उचित प्रयोग गरी उत्पादनमा जोड दिनुपर्‍यो, यान्त्रिकीकरण, ज्ञान सीपका लागि पालिकाले आवश्यक सहयोग गर्नेछ।'

ठूला ट्र्याक्टर भिरालो जमिनमा पुग्न समस्या हुने, खेतीयोग्य जमिन नबाँझियोस् र किसान आफैँले पनि हाते ट्र्याक्टर चलाउन सक्ने हुँदा यसप्रति कृषक आकर्षित भएका छन्। हाते ट्र्याक्टर ग्रामीण भेगमा खेतबारी खनजोत गर्न उपयुक्त छ।

प्रकाशित: Jun 10, 2022| 22:01 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।