बुधबार, कात्तिक ४, २०८३

कतारका लागि नेपाली राजदूतमा ढकाल नियुक्त

राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ढकाललाई राजदूतमा नियुक्त गरेकी हुन्।
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले कतारका लागि आवासीय नेपाली राजदूतमा नरेशविक्रम ढकाललाई आज नियुक्त गरेकी छन्। 

राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा  ढकाललाई राजदूतमा नियुक्त गरेकी हुन्। 

राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ बमोजिम आवासीय राजदूत नियुक्त गरेकी हुन्। यसअघि सरकारले ढकाललाई कतारको राजदूतका लागि सिफारिस गरेको थियो। उनको सुनुवाई सकिएपछि संसदीय सुनुवाई समितिले राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो।

प्रकाशित: Jun 10, 2022| 21:20 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।