काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले कतारका लागि आवासीय नेपाली राजदूतमा नरेशविक्रम ढकाललाई आज नियुक्त गरेकी छन्।
राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ढकाललाई राजदूतमा नियुक्त गरेकी हुन्।
राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ बमोजिम आवासीय राजदूत नियुक्त गरेकी हुन्। यसअघि सरकारले ढकाललाई कतारको राजदूतका लागि सिफारिस गरेको थियो। उनको सुनुवाई सकिएपछि संसदीय सुनुवाई समितिले राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो।