बिहीबार, असार ४, २०८३

बलात्कार प्रयास विफल भएपछि हत्या, आरोपित पक्राउ

जिल्लाको शैल्यशिखर नगरपालिका-१ बारिल बस्ने ४५ वर्षीया अनिभा खडायतमाथि बलात्कार प्रयास असफल भएपछि हत्या भएको प्रहरीले बताएको छ।
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९

दार्चुला- दार्चुलामा बलात्कार प्रयास विफल भएपछि एक महिलाको हत्या भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका-१ बारिल बस्ने ४५ वर्षीया अनिभा खडायतमाथि बलात्कार प्रयास असफल भएपछि हत्या भएको प्रहरीले बताएको छ। हत्या आरोपमा सोही स्थानका ४२ वर्षीय भोजराज खडायत पक्राउ परेका छन्। 

National life

भोजराजले ती महिलालाई घरबाट बोलाई बारीमा लगेको र करणी गर्ने विषयमा उनीहरूबीच विवाद हुँदा ढुङ्गा हानी घरतर्फ जाँदै गर्दा मृतकको छोरीले देखेकी थिइन्। यसपछि आफ्नो पोल खुल्ने डरले पुन: घटनास्थल गई खरले छोपी आगो लगाई भागेको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले बताएको छ। हत्या आरोपित खडायतको साथबाट प्रहरीले अनिभाका सुनको बाली २ थान र नथियाँ १ थान समेत बरामद गरेको छ। 

आफ्नै घरबाट ५० मिटर टाढा उखुबारीमा खरको थुप्रोमा जलेको अवस्थामा गत बुधबार अनिभाको शव फेला परेको थियो। घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय दार्चुला र जिल्ला प्रहरी कार्यालय बैतडीको समन्वय र सहकार्य ईलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुला र प्रहरी चौकी खोचलेक बैतडीबाट खटिएको प्रहरीले घटनामा संलग्न उनलाई बैतडी दोगडाकेदार गाउँपालिका-३ खोचलेकबाट पक्राउ गरेको हो। 

उनी उपर जबरजस्ती करणी, ज्यानसम्बन्धी कसूर र डाँका चोरी शीर्षक मुद्दामा जिल्ला अदालत दार्चुलाबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित: Jun 10, 2022| 20:10 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।