शुक्रबार, साउन २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुग्लिन-आँबुखैरेनी सडकखण्डमा केही दिन ठूला सवारी नचल्‍ने

मुग्लिन-आँबुखैरेनी सडकखण्डमा केही दिन ठूला सवारी नचल्‍ने

पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन-आँबुखैरेनी सडकखण्डमा एकतर्फी रुपमा साना सवारीमात्रै चल्‍ने भएका छन्। सडक विभागले भित्तातर्फको पहिरो करिब २ फिट काटेर शुक्रबार बिहान ११ बजेदेखि साना सवारीसाधन सञ्चालन गरेको हो।
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९

काठमाडौं- पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन-आँबुखैरेनी सडकखण्डमा एकतर्फी रुपमा साना सवारीमात्रै चल्‍ने भएका छन्।  सडक विभागले भित्तातर्फको पहिरो करिब २ फिट काटेर शुक्रबार बिहान ११ बजेदेखि साना सवारीसाधन सञ्चालन गरेको हो। 

तर, केही दिन ठूला सवारीसाधन भने नचल्‍ने भएका छन्। तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैरेले सडकखण्ड करिब २० मिटर भाँसिएकोले सडक बनाउन केही समय लाग्‍ने भएको हुँदा ठूला सवारीसाधन नचल्‍ने बताएका छन्। 

उनले भने, ‘करिब २० मिटर सडक भासिएको छ। वरपरका ४० मिटर क्षेत्र जोखिममा छ। त्यसकारण केही दिन ठूला सवारीसाधन उक्त सडकखण्डमा चलाउने नमिल्‍ने बनाएका छौं।'

सडक भासिएपछि २ फिट परसम्म पहिरो काटेर साना सवारी चल्ने व्यवस्था मिलाए र ठूला सवारी चलाउने अवस्था नभएको उनले बताए। पहिरो काटेर बाटो निर्माण गर्न लागेका पनि उनले जानकारी दिए। 

आँबुखैरेनी गाउँपालिका-४ ड्यामसाइडमा शुक्रबार बिहान करिब ४ बजेतिर सडक भासिएको थियो।

प्रकाशित: Jun 10, 2022| 19:03 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।