मुम्बई (भारत)- बलिउड अभिनेता सलमान खानमाथि गोली प्रहार गरी हत्या गर्ने योजना भएको खुलासा भएको छ। मुम्बई प्रहरीका अनुसार ग्याङस्टर लरेन्स बिस्नोइका सार्पसुटरले हत्याको योजना बनाएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्याको अनुसन्धान गरिरहेको प्रहरीले संदिग्ध अपराधी लरेन्स बिस्नोइले सलमानलाई पनि मार्न मान्छे खटाएको रिपोर्ट सार्वजनिक गरेको थियो।
बिस्नोइले लामो समयदेखि सलमानको हत्याको योजना बनाइरहेको पनि अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।
सलमानले कालो हरिणको शिकार गरेकोमा बिस्नोई समुदाय सलमानसँग रुष्ट छ। कालो हरिणलाई बिस्नोई समुदायले भगवान् सरह मान्ने गरेका छन्।