शुक्रबार, साउन २२, २०८३

७४ वर्षीय ठुलोबुवाबाट २१ वर्षीय युवती बलात्कृत

उनी मधुवन नगरपालिका बस्ने आफ्नै ७४ वर्षीय ठूलोबुवाबाट बलातकृत भएकी हुन्।
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९

बर्दिया- बर्दियामा २१ वर्षीय युवती आफ्नै ठूलोबुवाबाट बलात्कृत भएकी छन्। उनी मधुवन नगरपालिका बस्ने आफ्नै ७४ वर्षीय ठूलोबुवाबाट बलातकृत भएकी हुन्।

बलात्कार तथा हाडनाता करणी गरेको अभियोगमा ठूलोबुवा पर्ने अभियुक्तलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। ठूलोबुवाले ती युवतीलाई स्थानीय खेतबारीमा बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

पीडितलाई माईती नेपाल गुलरिया बर्दियाको संरक्षणमा राखिएको र घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।

प्रकाशित: Jun 10, 2022| 16:29 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।